बै‌कहरूको आम्दानी आकर्षक

बै‌कहरूको आम्दानी आकर्षक

काठमाडौंः वाणिज्य बैंकहरूको प्रतिसेयर आम्दानी आकर्षक बन्दै गएको छ । अधिकांश बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँमाथि पुगेको छ ।

आर्थिक वर्ष २०७२/७३ को अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेका १८ वटा वाणिज्य बैंकमध्ये १४ वटाले प्रतिसेयर आम्दानी २० रुपैयाँ माथि पुर्‍याएका छन् । प्रतिसेयर आम्दानी बढ्दै जाँदा लगानीकर्तालाई फाइदा हुन्छ । बैंक पनि वित्तीय हिसाबले सबल बनेको बुझ्न सकिन्छ ।

प्रतिसेयर आम्दानीका आधारमा कुन कम्पनीले कतिप्रतिशतसम्म लाभांश दिन सक्छ भन्ने अनुमान लगाउन सकिन्छ । बैंकको समग्र वित्तीय अवस्थामा अन्य थुप्रै सूचकलाई अध्ययन गर्नुपर्ने भए पनि प्रतिसेयर आम्दानीलाई लगानीकर्ताले प्रमुख आधार मान्छन् ।

यसको आधारमा बैंकले कुन ढंगले प्रगति गर्दै गएको छ भनेर सामान्य अनुमान लगाइहाल्न सजिलो हुन्छ ।

अहिलेसम्म वित्तीय विवरण सार्वजनिक गरेका १८ वटा वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै प्रतिसेयर आम्दानी (ईपीएस) नेपाल बैंकले ल्याएको छ । मुलुककै सबैभन्दा पुरानो यो बैंकको वित्तीय अवस्थामा निकै सुधार आएको देखिन्छ ।

केही वर्षअघिसम्म खराब कर्जाले थलिएको यो बैंक वित्तीय क्षेत्र सुधार कार्यक्रम कार्यान्वयनपछि क्रमशः सुधार हुँदै अहिलेको अवस्थामा आइपुगेको हो ।

जगेडा कोषलाई धनात्मक बनाएको यो बैंकको प्रतिसेयर आम्दानी ४६ रुपैयाँ ६९ पैसा पुगेको छ । अहिलेसम्म विवरण सार्वजनिक गरेकामा सबैभन्दा बढी खुद नाफा कमाउने बैंक पनि नेपाल बैक नै भएको छ । यो बैंकले खुद नाफा तीन अर्ब कटाएको छ ।

अहिलेसम्म वासलत सार्वजनिक गरेका वाणिज्य बैंकहरूमा नेपाल बैंकपछि दोस्रो धेरै प्रतिसेयर आम्दानी सिद्धार्थ बैंकको देखिएको छ । समग्र वित्तीय अवस्था आकर्षक बनाउँदै लगेको सिद्धार्थले प्रतिसेयर आम्दानी ४१ रुपैयाँ १९ पैसा पुर्‍याउन सफल भएको छ ।

सिद्धार्थपछि प्रतिसेयर आम्दानीका आधारमा तेस्रो स्थानमा नेपाल बंगलादेश बैंक परेको छ । बंगलादेश बैंकको प्रतिसेयर आम्दानी ३९ रुपैयाँ पुगेको छ । बंगलादेशलाई पछ्याउँदै नेपाल इन्भेस्टमेन्ट बैंक, सिटिजन्स् र सानिमा आएका छन् ।

चौथो त्रैमासिक रिपोर्ट अनुसार सिटिजन्स्को प्रतिसेयर आम्दानी ३५ रुपैयाँ ५६ पैसा पुगेको छ भने नेपाल इन्भेस्टमेन्ट बैंकको ३५ रुपैयाँ १६ पैसा छ । इन्भेस्टमेन्ट बैंक हरेक सूचकले सबल भए पनि चुक्ता पुँजी धेरै हुँदा प्रतिसेयर आम्दानी ३५ रुपैयाँ हाराहारीमा मात्र देखिएको हो । यस्तै, सानिमाको ३४ रुपैयाँ १७ पैसा आम्दानी देखिएको छ ।

यसैगरी, वित्तीय विवरण सार्वजनिक गरेका प्राइम कमर्सियल, एनएमबी, कुमारी, एनआईसी एसिया, माछापुच्छे, सनराइजलगायतका बैंकको पनि प्रतिसेयर आम्दानी आकर्षक देखिएको छ । प्रतिसेयर आम्दानी बढ्नु भनेको कम्पनीको वित्तीय अवस्था पनि मजबुत बन्दै गएको बुझ्न सकिन्छ ।

लगानीकर्ताले भने सेयर किन्दा प्रतिसेयर आम्दानीसँगै मूल्य आम्दानी अनुपातलाई पनि ख्याल गर्नुपर्छ ।प्रतिसेयर आम्दानी बढी अनि मूल्य आम्दानी अनुपात चाहिँ कम भएको सेयर किन्दा भविष्यमा भाउ बढ्ने सम्भावना अधिक हुmन्छ ।

खुद आम्दानी, प्रतिसेयर नेटवर्थ, इक्विटीमा प्रतिफल, निक्षेप संकलन, कर्जा प्रवाह तथा जगेडा कोषलाई पनि लगानीकर्ताले विशेष ख्याल गर्नुपर्छ ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.