आकर्षण डिजिटल पुस्तकतिर

आकर्षण डिजिटल पुस्तकतिर

काठमाडौंः पछिल्लो समय नेपालमा डिजिटल पुस्तक पढ्ने क्रम बढेको छ । त्यसमा पनि मोबाइलमार्फत पुस्तक पढ्ने युवा पुस्ताको जमात ठूलो भएको कथालय इंकका कार्यकारी निर्देशक राजीवधर जोशीले बताए । उनका अनुसार नेपालमा कुल इन्टरनेट प्रयोगकर्ताको ८० प्रतिशतले मोबाइलमार्फत इन्टरनेट प्रयोग गर्ने गरेका छन् ।

यही जमातलाई लक्षित गर्दै कथालय इंकले आफ्नो प्रोडक्ट ‘वी रिड' एपमार्फत बिहीबार किशोर नेपालको ‘मिडिया सिद्धान्त सूत्र र प्रयोग' तथा जनकराज सापकोटाको ‘कहर' वैदेशिक रोजगारीले बिथोलिँदो समाजलाई डिजिटल रूपमा सार्वजनिक गरेको छ । केही समयअघि सार्वजनिक भइसकेका यी पुस्तकलाई कथालयले ‘वी रिड'मार्फत डिजिटल रूपमा सार्वजनिक गरेको हो ।

किशोर नेपालद्वारा लिखित ‘मिडिया सिद्धान्त सूत्र र प्रयोग' नेपाली मिडियाको स्वरूप, विकासक्रम र भूमिकामा आधारित भएर लेखिएको छ । नेपाली मिडियामा लामो समय बिताएको अनुभवलाई उनले पुस्तकमा प्रस्तुत गरेका छन् । कार्यक्रममा नेपालले कथालयले सुरु गरेको ‘वी रिड' एउटा आँटिलो काम भएको बताए ।

जनकराज सापकोटाद्वारा लिखित पुस्तक ‘कहर' वैदेशिक रोजगारीमा गएका मानिसको कथा समेटिएर लेखिएको पुस्तक हो । सापकोटाका अनुसार यो पुस्तकमा वैदेशिक रोजगारीमा गएका मानिसले भागेको दुःखका कथालाई समेटिएको छ ।

पुस्तकमार्फत पाठकले वैदेशिक रोजगारीमा गएका मानिसको पीडालाई प्रत्यक्ष रूपमा अनुभव गर्न पाउनेछन् । ‘सरकारलाई वैदेशिक रोजगारीमा गएका मानिसको अवस्था र पीडा ज्ञात गराउन र उचित कदम चाल्न पुस्तक लेखिएको हो', सापकोटाले भने ।

 

एन्ड्रोइड र आईओएस दुवैमा उपलब्ध ‘वी रिड' एप्समा अहिले तीन सयभन्दा बढी पुस्तक राखिसकिएको छ । विभिन्न नौवटा प्रकाशनका किताब ‘वी रिड'मा छन् । त्यहाँ उपलब्ध किताब कतिपय निःशुल्क उपलब्ध छन् भने कतिपय किनेर पढ्न सकिने बनाइएको छ । नेपाली किताबको विश्व बजारमा बढ्दो माग हेरेर कम्पनीले ‘वी रिड'मार्फत पुस्तक पाठकमाझ पुर्‍याउने कोसिस गरेको कथालय इंकका कार्यकारी निर्देशक जोशीले बताए ।

किशोर नेपालको ‘मिडिया सिद्वान्त  सूत्र र प्रयोग’ र जनकराज सापकोटाको ‘कहर’ अनलाइनमा । 

पुस्तकलाई डिजिटल रूपमा विकास गर्नुको कारण डिजिटल टेक्नोलोजीमा भएका पाठकलाई तान्नु रहेको छ । यसले किताब बोकेर हिँड्ने झन्झट कम गर्नुका साथै पाठकलाई पुस्तकप्रति आकर्षण गर्नसमेत सहयोग हुने जोशीले बताए । बजारमा किन्दा पर्ने मूल्यभन्दा ५० रुपैयाँ घटाएर कम्पनीले डिजिटल पुस्तक प्रदान गर्नेछ । यो अझ घट्नसक्ने जोशीले बताए ।

पुस्तक पढ्न सजिलो होस् भन्ने उद्देश्यले देवनागरी लिपिकै एपमा पुस्तक राखिएको छ । डिजिटल रूपमा पुस्तक पढ्न पाठकले नेपालभित्र रहेका १६ हजार भन्दा धैरै ई सेवाजोनमार्फत डिजिटल पुस्तक किन्न सक्नेछन् भने विदेशमा रहेकाले डेबिट÷क्रेडिट कार्डमार्फत पे-पालबाट किन्न सक्नेछन् ।

कम्पनीले ‘वी रिड', ‘वी रिड एप' र ‘वी रिड' कथालय' भनेर तीन फरक सेग्मेन्टमा एपको विकास गरेको छ; जसमा ‘वी रिड'मा समसामयिक पुस्तक समेटिएका छन् । ‘वी रिड एप'मा युवालक्षित पुस्तक छन् भने ‘वी रिड कथालय'मा बालबालिकालाई लक्षित पुस्तक राखिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.