पर्यटन प्रवद्र्धनमा आधुनिकता आपनाउँदै बोेर्ड

पर्यटन प्रवद्र्धनमा आधुनिकता आपनाउँदै बोेर्ड

काठमाडौंः  नेपाल पर्यटन बोर्डले पर्यटन प्रवद्र्धनमा आधुननिक शैली पछ्याउन थालेको छ ।

प्रवद्र्धनका काम गर्दा सामाजिक सञ्जालको प्रयोग गर्ने, डिजिटल मार्केटिङ गर्ने, अन्तर्राष्ट्रिय सञ्चार माध्यममा नेपालको प्रवद्र्धन गर्ने तथा अनलाइन मार्केटसम्म पुग्ने गरी नयाँ र आधुनकि शैलीलाई पछ्याउँदै चालू आर्थिक वर्ष २०७३/०७४ को बजेट तयार पारेको छ । चालू आर्थिक वर्ष एक अर्ब १२ करोड ५० लाख रुपैयाँको बजेट तयार पारेको बोर्ड सञ्चालक समितिका सदस्य राजेन्द्रप्रसाद सापकोटाले जानकारी दिए ।

उनका अनुसार बोर्डले पहिलोपटक डिजिटल मार्केटमा जाने गरी बजेट तय गरेको छ । बोर्डले पहिलोपटक प्रवद्र्धनात्मक सामग्रीको प्रचार गर्न डिजिटल मार्केटमार्फत जाने गरी बजेट तय गरेको छ । बोर्डले चालू आवका लागि पर्चा, पम्प्लेट, पोस्टर नछाप्ने र यसका लागि डिजिटलमार्फत प्रवद्र्धन गर्ने गरी एक करोड ७० लाख रुपैयाँ विनियोजन गरेको छ । बोर्डले नौ करोड रुपैयाँ खर्च गरेर चालू आवमा नेपालको प्रचार बेलायती सञ्चारमाध्यम ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी)बाट गर्ने भएको छ ।

बोर्डले चालू आवमा बीबीसीबाट नेपालको प्रचार गर्न नौ करोड रुपैयाँको बजेट तय गरेको छ । बजेटमार्फत बीबीसीमा खर्च गर्ने गरी तय गरेको यो बजेट सन् २०११ पछि दोस्रोपटक भएको पनि बोर्डले जानकारी दिएको छ । सन् २०११ मा नेपालको प्रचार अन्तर्राष्ट्रिय सञ्चार माध्यममार्फत गर्ने विषयले निकै महत्व पाएको भए पनि समयमा नै रकम भुक्तानी गर्न नसक्दा समस्या भएको थियो ।

बोर्डले प्रभावकारकारी ढंगबाट अन्तर्राष्ट्रिय मिडियामा जान नसकेको भन्दै आगामी वर्षका लागि समयमा नै निर्णय गरेर बेजेट समेत तय गरेको दाबी गरेको छ । बोर्डले यस अघिका दुई वर्ष बीबीसी र सीएनएनमा नेपालको प्रचार गर्ने भने पनि खर्च हुन नसकेका कारण गत आवको बजेटलाईसमेत चालू आवमै खर्च गर्ने व्यवस्थासमेत मिलाएको बोर्ड सदस्यले बताए ।

 

बोर्डले पहिलोपटक अन्तर्राष्ट्रिय ट्राभलको वेवपोर्टल ट्रिप एडभाइजरमार्फत नेपालको प्रवद्र्धन गर्न दुई करोड ५० लाख रुपैयाँ खर्च गर्ने गरी बजेट तय गरेको छ । नेपालमा हिमालय ट्राभल मार्ट आयोजना गर्न एक करोड रुपैयाँ विनियोजन गरेको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्समार्फत नेपालमा विभिन्न टोलीलाई भ्रमण गराएर नेपालको प्रवद्र्धन गर्न ८० लाख रुपैयाँ खर्च गर्ने गरी बोर्डले बजेट तय गरेको छ ।

बोर्डले तय गरेको चालू आवको बजेटमा २६ करोड ५० लाख रुपैयाँ जनसम्पर्क तथा प्रचारप्रसारमा, २३ करोड २५ लाख बजारीकरण तथा प्रवद्र्धनमा, कर्पोरेटमा १७ करोड,१६ करोड रुपैयाँ संस्कृतिक सम्पदा सरक्षण र प्रवद्र्धनमा, दुई करोड रुपैयाँ अनुसन्धानमा, तीन करोड रुपैयाँ पोखरा पर्यटन कार्यालयमार्फत खर्च गर्ने गरी कुल एक अर्ब १२ करोड रुपैयाँको बजेट विनियोजन भएको छ ।

सरकारले विसं २०७३ लाई घुमफिर वर्षका रूपमा प्रवद्र्धन थालेको छ । आन्तरिक पर्यटक प्रवद्र्धन गर्न र आन्तरिक पर्यटकीय गन्तव्यको विकासका निम्ति बोर्डले एक करोड १५ लाख रुपैयाँ विनियोजन गरेको छ । यो बजेटले पर्यटकीय स्थलको भ्रमण, जनचेतना अभिवृद्धि, पर्यटकीय गन्तव्यको स्थलगत निरीक्षणसहितका कार्यमा खर्च गर्ने गरी बजेट तय भएको बोर्ड सदस्य सापकोटाले बताए ।

बोर्डको बजेट ६ वर्षपछि साउनमै

बोर्डको आन्तरिक विवाद र विभिन्न समस्याको कारण ६ वर्षपछि साउनमा नै बजेट आएको र स्वीकृति पनि भएको बोर्डले जानकारी दिएको छ । पछिल्लो ६ वर्षसम्म बोर्डमा भएको राजनीतिक खिचातानी र आन्तरिक कहलका कारण बोर्डले समयमा नै बजेट ल्याउन नसक्दा खर्च पनि हुन सकेको छैन । बोर्डले करिब चार वर्षसम्म त प्रमुख कार्यकारी अधिकृत सीईओ नै नपाएका कारण समयमा बजेट ल्याउन सकेको थिएन भने त्यस अघिका दुई वर्षमा पनि समस्या परेको थियो ।

गत वर्ष पनि बोर्डको बजेट माघ महिनामा मात्रै स्वीकृत भएको थियो । बजेट स्वीकृती नै ढिलो हुँदा र यस अघि अल्झिएका विविध समस्याका कारणले बोर्डले गत आर्थिक वर्ष २०७२/०७३ को बजेट पनि ७० प्रतिशतभन्दा खर्च गर्न नसकेको जानकारी दिएको छ । समयमा नै बजेट नआउँदा बोर्डको प्रवद्र्धन तथा पर्यटकीय विकासले गति लिन सकेको छैन ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.