एक कित्ताको एक हजार २० रुपैयाँ

एक कित्ताको एक हजार २० रुपैयाँ

काठमाडौ‌ः युनिलिभर नेपाल लिमिटेडले लगानीकर्तालाई एक सेयरको एक हजार २० रुपैयाँ लाभांश दिने भएको छ । यसआधारमा युनिलिभरको एक सय कित्ता सेयर हुनेले एक लाख दुई हजाररुपैयाँ नगद लाभांश हात पार्नेछन् । हाम्रो पुँजी बजारमा यो सबैभन्दा आकर्षक लाभांश हो ।

युनिलिभर नेपाल लिमिटेडको साउन २८ मा बसेको सञ्चालक समिति बैठकले गएको आर्थिक वर्षको नाफाबाट एक सेयर बराबर एक हजार २० रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

यसआधारमा एक सय रुपैयाँमा साधारण सेयर भरेर पारेका लगानीकर्ताले एक हजार गुणाभन्दा बढी लाभांश पाउने भएका हुन् । यो लाभांश नेपाली पुँजी बजारको इतिहासमै सबैभन्दा उच्च हो ।

यति धेरै लाभांश दिने अन्य कम्पनी हामीकहाँ छैन । अघिल्लो वर्ष पनि युनिलिभरले एक कित्ता सेयरको नौ सय ९०रुपैयाँ नगद लाभांश दिएको थियो । कम्पनीले लाभांश प्रस्ताव पारित गर्न आगामी असोज ५ मा साधारण सभा बोलाएको छ । साधारण सभाले पारित गरेपछि मात्र लाभांश वितरण गर्न पाइन्छ ।

युनिलिभरको सेयर भाउ पनि नेपाल स्टक एक्सचेन्जमा सूचीकृत दुई सय ३९ कम्पनीमध्ये सबैभन्दा महँगो छ । विगतमा यो कम्पनीको भाउ ३५ हजाररुपैयाँ कटिसकेको छ ।

स्टक एक्सचेन्जमा युनिलिभरको पछिल्लो कारोबार प्रतिकित्ता ३३ हजार सात सय ८० रुपैयाँमा भएको थियो । हेटौंडामा कार्यालय रहेको यो कम्पनीको चुक्ता पुँजी नौ करोड २० लाख ७० हजाररुपैयाँ रहेको छ ।

युनिलिभरको मात्रै बजार पुँजीकरण हिसाब गर्दा ३१ अर्ब १० करोड १२ लाख ४६ हजार रुपैयाँ छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.