सेयर बजारमा सुधार

सेयर बजारमा सुधार

काठमाडौंः पुँजी बजारमा यस साता सामान्य सुधार भएको छ । बजारमापक नेप्से परिसूचक अघिल्लो साताको तुलनामा ६.२७ अंकले बढेर १७७४.८७ विन्दुमा आइपुगेको छ ।

अघिल्लो साता बिहीबार नेप्से परिसूचक १७६८.६ विन्दुमा अडिएको थियो । यो साता सेयर बजारमा निकै उतारचढाव देखियो । पाँच प्रतिशतले बजार घट्ने र पाँच प्रतिशतले नै बजार बढ्ने प्रवृत्ति भयो । विभिन्न हल्लाको पछि लाग्दा साना र नयाँ लगानीकर्ता मारमा परेका छन् ।

बजार उतारचढाव भएका बेला साना लगानीकर्ता बढी आत्तिने भएकाले हतारमा बिक्री गर्दा गुमाउने अवस्था आएको हो । अब बिस्तारै बजार सामान्य अवस्थामा फर्किन थालेको विश्लेषकको अनुमान छ । तर, ब्रोकरहरू भने अझै ‘पर्ख र हेर' कै अवस्थामा रहेको दाबी गर्छन् । यस साता नेपाल स्टक एक्सचेन्जमा कुल एक सय ५४ कम्पनीको ६ अर्ब पाँच करोड ६ लाख ७४ हजार रुपैयाँमा एक करोड सात लाख ६ हजार नौ सय ९० कित्ता सेयर कारोबार भएका छन् ।


यस साता सेयर बजारमा निकै उतारचढाव देखियो । पाँच प्रतिशतले बजार घट्ने र पाँच प्रतिशतले नै बजार बढ्ने प्रवृत्ति भयो ।

कारोबार रकममा गत साताको भन्दा २२.२८ प्रतिशतले कमी आएको छ । गत साता एक सय ५२ कम्पनीको सात अर्ब ७९ करोड १८ लाख ५५ हजार रुपैयाँमा एक करोड ७२ लाख २४ हजार नौ सय ७० कित्ता सेयर खरिदबिक्री भएका थिए । ‘क' वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३८२.७८ अंकमा आएको छ ।

कारोबार रकम ४७ करोड ५२ लाख ६० हजार रुपैयाँको आधारमा नेपाल बंगलादेश बैंक सबैभन्दा अगाडि छ । यसैगरी कारोबार भएको सेयर संख्या २० लाख ७० हजार कित्ताको आधारमा लक्ष्मी भ्याल्यु फन्ड १ अघि छ । कारोबार संख्या २१ सय ८१ वटासहित नेपाल इन्भेस्टमेन्ट बैंक सबैभन्दा अगाडि छ । सातामा पाँचै दिन सेयर बजार खुला रह्यो । यस साता पनि संस्थागत तथा सरकारी ऋणपत्रको कारोबार भएन ।

यस साता माछापुच्छे बैंकको बोनस सेयर, इन्नोभेटिभ डेभलपमेन्टको बोनस र हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको छ । यसैगरी नागरिक लगानी कोष, कृषि विकास बैंक, फेवा डेभलपमेन्ट बैंक र कास्की फाइनान्सका बोनस सेयर सूचीकृत भएका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.