पासवर्ड परिवर्तन गरिरहनेको एकाउन्ट ह्याक हुने खतरा

पासवर्ड परिवर्तन गरिरहनेको एकाउन्ट ह्याक हुने खतरा

एजेन्सीः तपाईंले चलाई रहनुभएको सामाजिक सञ्जाल तथा विभिन्न एकाउन्टको पासवर्ड परिवर्तन गरिरहनुहुन्छ ? यदी त्यसो हो भने चाँडो चाँडो पासवर्ड परिवर्तन गर्दा एकाउन्ट ह्याक हुनसक्ने एक अध्ययनले देखाएको छ ।


अमेरिकाको टेलिकम नियामक निकाय फेडरल टेलिकम कमिशनले पटकपटक पासवर्ड परिवर्तन गर्नु असुरक्षित रहेको निष्कर्ष निकालेको हो । दूरसञ्चारका क्षेत्रमा काम गर्ने एक सय संस्था मध्येको एक फेडरल टेलिमकम कमिशन सबैभन्दा ठूलो संस्था हो ।


उक्त रिपोर्टमा पासवर्ड लगातार परिवर्तन गरिरहँदा पासवर्डको प्याटन थाहा हुने भएकाले असुरक्षा बढ्ने निष्कर्ष निकालेको छ । यस विषयमा एक विश्वविद्यालयले लामो समयसम्म गरेको अध्ययन अनुसार यो तथ्य सार्वजनिक भएको हो ।


जसले चाँडो चाँडो पासवर्ड परिवर्तन गर्छ उसले प्रायः सम्झन सजिलो हुने नम्बर राख्ने भएकाले परिवर्तन गर्नु र नगर्नुको कुनै अर्थ नरहने अर्को एक अनुसन्धानले पत्ता लगाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.