गार्इ पालेर स्थानीयलार्इ रोजगारी

गार्इ पालेर स्थानीयलार्इ रोजगारी

इलाम: दुई वर्षअघि बरबोटेमा खुलेको नवरत्न अर्गानिक कृषि तथा पशुपालन केन्द्र पछिल्लो समयमा स्थानीयका लागि रोजगारीको केन्द्र बन्दै गएको छ । फार्ममा अहिले आठ जना स्थानीयले काम पाएका छन् ।

इलामको बिब्ल्याटे बजारबाट करिब एक किलोमिटरको दुरिमा माइपोखरी जाने बाटो नजिकै रहेको केन्द्रमा स्थानीय वीरबहादुर लिम्बु फार्म सरसफाइ र दाना पानीको काम गर्दछन् । १८ महिनादेखि फार्ममा काम गर्दै आएका उनले फार्म घर परिवार पाल्ने मेसो बनेको बताए ।

स्थानीय सुष्मा रसाइली पनि त्यही फार्ममा घाँस काट्ने काम गर्दछिन् । उनले दैनिक सात भारी घाँस काट्ने गरेको बताइन् । दैनिक सात घन्टा खट्ने उनीहरूले मासिक आठ हजार तलब पाउने गरेको बताए । नौ जना स्थानीयले एक करोडभन्दा बढीको लगानीमा केन्द्र स्थापना गरेका थिए । ठूलै सपना थियो त्यस बेला । अहिले पनि उत्साह घटेको छैन । एक वर्षदेखि यही पशुपालन केन्द्रमा घाँस काट्ने सानु पनि बिहान १० बजेदेखि ५ बजेसम्म घाँस काटेरै महिनाको नौ हजार कमाउँछिन् ।

केन्द्रमा बाछाबाछीसहित ५२ बटा गाई छन् । केन्द्रले अग्र्यानिक तरकारी पनि उत्पादन गर्ने गरेको केन्द्रका सञ्चालकले बताए । सबै युवा परदेश जानथालेकाले मुलुकमै सम्भावना छ भन्ने सन्देश दिन फार्म सञ्चालन गरेका केन्द्रका सदस्य गौतम गुरुङले बताए । अहिले यो केन्द्रबाट दैनिक दुई सय लिटर दूध उत्पादन हुने गरेको छ । यहाँ प्रतिलिटर ४० रुपैयाँमा दूध बिक्री हुने गरेको छ । नबिकेको दूधबाट छुर्पी, घीउ, दही, पनिरलगायत बनाउने गरिएको छ ।

७० रोपनी क्षेत्रमा फैलिएको जमिनको घाँस र दानाको भरमा गाई पालेको गुरुङले बताए । सरकारले दुग्धजन्य पदार्थ बिक्री गर्न बजार व्यवस्थापन गर्न नसक्दा दूधको उचित मूल्य पाउन नसकिएको गुरुङको गुनासो छ ।

अहिले केन्द्रमा विभिन्न जातका गाई पालेको सञ्चालकले बताएका छन् । लामो समयको नाकाबन्दी र खडेरीले गर्दा केही समय भने गाईवस्तुलाई दानापानी र घाँसको समस्या भोग्नु परेको गुरुङको अनुभव छ । दूध मात्र बेच्नुभन्दा दूधबाट बन्ने गुणस्तरीय परिकार बेच्न सके अझ फाइदा हुने गौतम गुरुङको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.