कालोबजारी रोक्न प्रचण्डले यस्तो निर्देशन दिए

कालोबजारी रोक्न प्रचण्डले यस्तो निर्देशन दिए

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कालोबजारी, कृतिम अभाव र मूल्यवृद्धि गर्ने व्यापारीहरुलाई -यापिड एक्सन प्लानमा कार्वाही गर्न दिएका छन्।

सोमबार प्रधानमन्त्री तथा प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा गृह, उद्योग, वाणिज्य तथा आपूर्ति लगायतका मन्त्रालयहरुका सचिवहरुको संयुक्त बैठकको आयोजना गरी प्रधानमन्त्रीले उक्त निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीले भने, ‘महंगी, कालोबजारी र कृतिम अभावले उपभोक्ता आक्रान्त छन्, उनीहरुलाई देशमा सरकार छ भन्ने कुराको अनुभूति दिलाउनु हाम्रो कर्तव्य हो । तसर्थ, तपाईहरु कालोबजारी, कृतिम अभाव र महंगी गर्नेहरुविरुद्ध -यापिड एक्सन प्लानमा गएर कार्वाही गर्नुस् ।’

प्रधानमन्त्रीले युनिफाइड र सेन्ट्रल कमाण्डमार्फत् तत्काल परिणाम आउने गरी काम गर्न नेपाल सरकारका सचिव र सुरक्षा निकायका प्रमूखहरुलाई निर्देशन दिएका छन्।

प्रधानमन्त्रीले भने, ‘एकीकृत कमाण्ड चाहिन्छ, यसबारे हामी छिटै निर्णय गर्छौं । तर, तत्काल भइरहेका संयन्त्रहरुको चुस्त परिचालन गरेर नजिता निकाल्नुस् ।’

प्रधानमन्त्रीले बजारमाथि बेथिति निम्त्याउनेहरुविरुद्ध त्रासको वातावरण सिर्जना गरी जनतालाई राहतको अनुभूति दिन पनि निर्देशन दिएका थिए। उनले भने, ‘बेथिति निम्त्याउनेहरुलाई त्रासको स्थिति पैदा होस्, जनतालाई राहतको अनुभूति होस् । परिणाममूखी र नमुनायोग्य कामबाट सुरु गरौं, सिष्टम बसालौं, कार्यान्वयन गरौं । मिति नाघेका सामान जफत गरेर रत्नपार्क जलाऔं, जनतामा नयाँ सन्देश पैदा गरौं ।’

बैठकमा उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधि, वाणिज्य तथा आपूर्ति मन्त्री दीपक बोहरा, विभिन्न मन्त्रालयका सचिवहरुले बजार अनुगमन प्रभावकारी बनाएर जनतालाई राहत दिने प्रतिवद्धता व्यक्त गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.