नेविसंघ अध्यक्षका लागि सातजना प्रतिस्पर्धामा

नेविसंघ अध्यक्षका लागि सातजना प्रतिस्पर्धामा

काठमाडौंः काठमाडाैंमा जारी  नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको ११ अाैं महाधिवेशनमा अध्यक्षका लागि सात जनाको उम्मेदवारी परेको छ। 

नेविसंघ अध्यक्षका लागि संस्थापन र पौडेल पक्षले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् भने अन्यले स्वतन्त्ररुपमा अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन्। उम्मेदवार दर्ताका लागि निर्धारित समय सकिएको र अध्यक्षमा सात जनाको उम्मेदवारी परेको केन्द्रीय निर्वाचन समितिका सदस्य कृष्ण पनेरुले जानकारी दिए।

संस्थापन पक्षबाट नैनसिंह महर र बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट पूर्वमहामन्त्री मनोजमणि आचार्यले अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका छन्। यस्तै पौडेल समूहमै रहेका आनन्दराज त्रिपाठीले पनि अध्यक्षमा एकल उम्मेदवारी दिएको पनेरुले बताए।

पनेरुका अनुसार अध्यक्षका पदका लागि नेविसंघ नेताहरु लक्ष्मण आचार्य, शुभराम बस्नेत, नगेन्द्र सिंह र बचन कार्कीले उम्मेदवारी दर्ता गराएका छन्।
संस्थापन पक्षले महरलाई अध्यक्षको उम्मेदवार बनाउँदै सरोजकुमार थापा र कुन्दन काफ्लेलाई महामन्त्रीको उम्मेदवार बनाएको छ भने बरिष्ठ नेता पौडेल पक्षले पूर्वमहामन्त्री आर्चायको नेतृत्वमा महामन्त्रीमा हिमालदत्त श्रेष्ठ र दिपक भट्टराईलाई उम्मेदवार बनाएको छ।

उम्मेदवारको पहिलो नामावली प्रकाशन दिउँसो २ बजे गरिने छ भन उम्मेदवारको दोस्रो नामावली दिउँसो साढे तीन बजे प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ। यस्तै उम्मेदवारको मनोनयन पत्रमा दाबी विरोधका लागि दिउँसो ३ः०० बजेदेखि ३ः३० बजेसम्मको सयम तोकिएको छ।

उम्मेदवारी फिर्ताका लागि साँझ साढे पाँच बजेसम्मको समय निर्धारण गरिउको छ भने उम्मेदवारको अन्तिम नामावली साँझ साढे ६ बजे प्रकाशन गरिने निर्वाचन समितिका सदस्य पनेरुले बताए। नयाँ नेतृत्वका लागि भने बुधवार विहान सात बजेदेखि पार्टी कार्यालय सानेपामा मतदात सुरु हुनेछ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.