खेवाका छोरीको शिक्षामा सरकारले सघाउने
काठमाडौँः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वअर्थराज्यमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का नेता स्व.हरिराज खेवाको परिवारसँग भेट गरेका छन् ।
प्रचण्डले प्रधानमन्त्री निवास बालुवाटारमा नेता खेवाको परिवारसँग भेट गर्ने क्रममा प्रचण्ड निकै भावुक भएका थिए। उनले खेवाको परिवारलाई सरकार र पार्टीले सहयोग गर्ने आश्वासन दिएका छन् । प्रधानमन्त्रीले खेवाका छोरीको शिक्षाका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।
निधनले पूर्व क्षेत्रले मात्रै नभएर मुलुकले एक होनहार योद्धा गुमाउनुपरेको समेत प्रधानमन्त्री प्रचण्डले बताए । खेवाको साउन १३ गते धनकुटाको सिधुवामा बस दुर्घटनामा परी निधन भएको थियो ।
प्रधानमन्त्री प्रचण्डले परिवारलाई रोजगारीको प्रबन्ध गर्ने बचनसमेत दिएको खेवाकी श्रीमती गीता गुरुङले बताएकी छन् । भेटवार्तामा खेवाको राजनीतिक उत्तराधिकारीका रुपमा श्रीमती गीताले राजनीति जीवन सुरु गर्ने विषयमासमेत छलफल भएको छ ।
प्रतिक्रिया दिनुहोस !