बस दुर्घटनाका घाइते भेट्न ओली अस्पतालमा
बनेपाः पुर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बस दुर्घटनाका घाइते र मृतकका आफन्त भेट्न काभ्रे आएका छन् ।
सोमबार काभ्रेको बिर्तादेउराली गाविस ९ स्थित खहरेखोलामा भएको बस दुर्घटनमा मृत्यु भएका आफन्त र घाइतेको अवस्था बुझन ओली काभ्रे आएका हुन्।
ओलीले बनेपास्थित शिरमेमोरियल अस्पतालमा पोष्टमार्टका लागि ल्याइएको शवको अवलोकन गर्नुका साथै आफन्तसँग भेटघाट गरेका छन् । सँगै, धुलिखेल सामुदायिक अस्पतालमा उपचारर्थ ल्याइएका घाइतेसंग कुरा गर्दै दुर्घटना र अवस्था बारेमा बुझेका थिए ।
घाइतेको स्वास्थ्य अवस्था बुझेपछि पत्रकारसँग कुरा गर्दै पूर्वप्रधानमनन्त्री ओलीले दोषीलाई कारबाही गर्नुपर्ने बताए । उनले घटनाको सत्यतथ्य बुझ्ने आश्वासन मात्र दिएका छन् । ‘सिन्किेट र दुर्घटना बारे एमाले पाटीले गहिरो अध्यन अवलोक गर्छ,’ ओलीले भने ।
मृतकका आफन्तले प्रहरीको मुचुल्का
शव बुझ्न अस्पतालमा आएका मृतकका आफन्तले सिन्डिकेट खारेजी र उचित क्षतिपूर्ति नपाएको भन्दै प्रहरीले बनाएको मुचुल्का कागज च्यातेका छन् । पोष्टमार्टमा बनेपाको मेमोरियल अस्पतालमा २६ जनाको शव राखिएको छ ।
दुर्घटनामा परि हालसम्म २७ जनाको मृत्यु भएको छ भने ४० घाइते रहेको जिल्ला प्रहरी कार्यलयका डिएसपी नविनराज राईले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !