'कांग्रेसले शुक्रबारसम्म मन्त्रीको नाम पठाउने'

'कांग्रेसले शुक्रबारसम्म मन्त्रीको नाम पठाउने'

काठमाडौंः नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले शुक्रबारसम्म आफ्नो पार्टीले सरकारमा आफ्नातर्फबाट मन्त्री पठाउने बताएका छन्।

रिपोर्टर्स क्लब नेपालले मंगलबार गरेको साक्षात्कार कार्यक्रममा नेता भण्डारीले भने,‘हामी नेविसंघको महाधिवेशनमा अल्झियौं, त्यसैले ढिला भयो, अब शुक्रबारसम्म हामी सरकारमा मन्त्रीको नाम पठाउँछौं।’

भण्डारीले तराई मधेसको समधान हुने समेत विश्वास व्यक्त गरे। उनले भने,‘हामी तराई मधेसको समस्या समाधान गर्ने पक्षमा छौं, यही भावना अनुसार सरकारले काम गर्छ।’ उनले भूकम्पपछिको मुलुकको पुनर्निर्माणका लागि पनि सरकारले विशेष काम गर्ने विश्वास व्यक्त गरे। वर्तमान सरकारले अघिल्ला सरकारहरुभन्दा राम्रो काम गर्ने उनले दाबी गरे।

कार्यक्रममा नेकपा एमालेका नेता तथा निवर्तमान मन्त्री शेरधन राईले प्रचण्ड नेतृत्वको वर्तमान सरकारको ताल र सुर राम्रो नदेखिएको आरोप लगाए। राईले भने,‘यो सरकारको सुर र ताल त्यति राम्रो छैन, यसको मति र गति हेर्दा त्यति सन्तोष गर्ने ठाउँ छैन्।’ उनले सरकारको यही तालले जनताले केही पनि राहत महशुस गर्न नसक्ने समेत ठोकुवा गरे।

उनले सरकारले चुनावको कार्यतालिका नै तोडेको देख्दा आफूहरुलाई कतै वर्तमान सरकारले मुलुकमा संवैधानिक रिक्तता ल्याउन खोजेको त होइन भनेर आशंका व्यक्त गरे।  उनले भने,‘एमाले चुप लागेर बस्दैन्, हामीले जनतालाई खबरदारी गरिसकेका छौं ।’

केपी ओली नेतृत्वको तत्कालीन सरकारले अघि सारेका राम्रा कामहरुलाई बाइपास गरेर अघि बढ्न खोज्नेहरु चिप्लिने उनको दाबी थियो। राईले मधेसी मोर्चाले भनेजस्तो सजिलै संविधान संशोधन हुन नसक्ने बताए। उनले संविधान संशोधनको औचित्यपूर्ण कारणसहित सहमति भएमात्रै एमालेले विचार गर्ने स्पष्ट पारे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.