सरकार तेजावी परीक्षामा छ, चैत्रभित्रै स्थानीय निकायको चुनावः मन्त्री कार्की
काठमाडौंः सूचना तथा सञ्चारमन्त्री राम कार्कीले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई विश्वासमा लिएर चैत्रभित्रै सरकारले स्थानीय तहको निर्वाचन गर्ने स्पष्ट पारेका छन्।
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री कार्कीले भने,‘सबै दलहरुसँग वार्ता र सहमतिमार्फत नै हामी स्थानीय निकायको निर्वाचन गर्छौं, दलहरु एकमत भएर अघि बढ्नुपर्छ, सरकारले यही अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्छु।’
कार्कीले संविधान संशोधनमा समेत दलहरुवीच सहमति हुनुपर्ने आश्यकता रहेको औंल्याए। उनले भने,‘एमाले पनि संविधान संशोधनमा आउनुपर्छ, नआई सुख छैन् ।’
वर्तमान सरकार कठिन मोडमा रहेको उल्लेख गर्दै मन्त्री कार्कीले भने,‘हामी अहिले तेजावी परिक्षामा छौं, तर वर्तमान राजनीतिक समस्याको समाधान दिने कुरामा हामी विशेष रोडम्याप अघि सार्छौं।’
प्रतिक्रिया दिनुहोस !