प्रचण्ड प्रधानमन्त्री भएपछि दोस्रो पटक वैद्य किन बालुवाटार पुगे ?

प्रचण्ड प्रधानमन्त्री भएपछि दोस्रो पटक वैद्य किन बालुवाटार पुगे ?

काठमाडौँः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएपछि नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य दोस्रो पटक प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

केही दिन अघि बधाई दिन बालुवाटार पुगेका वैद्यले मंगलबार पुनः बालुवाटार पुगेर सुकुम्बासी समस्या समाधानको पहल गर्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका छन् ।

ज्ञापनपत्र लिएर बालुवाटार पुगेका वैद्यलाई प्रचण्डले सुकुम्बासीका समस्या समाधानमा नयाँ सरकारले अधिकतम् पहल गर्ने विश्वास दिलाएका छन् । वैद्यसँगै बालुवाटार पुगेका सुकुम्बासी प्रतिनिधिले प्रचण्डलाई ज्ञापनपत्र बुझाउदै नक्कली सुकुम्बासी पहिचान गर्न र सुकुम्बासी बस्तीलाई व्यवस्थित गराउन माग गरेका छन् ।

प्रचण्डले सुकुम्बासी समस्या समाधानमा संविधान बाधक भए पनि सरकारले पहल गर्ने आश्वासन दिएका छन् । ‘सुकुम्बासी समस्या देशको जटिल समस्या हो । यो आफैमा संवेदनशील विषय हो,’ प्रचण्डले भने, ‘संविधानको परिधिले क्रान्तिकारी समाधानको बाटो नखोले पनि अधिकतम् सुधारका लागि नयाँ सरकारले काम गर्नेछ ।’

प्रधानमन्त्री प्रचण्डले सुकुम्बासी व्यवस्थापनका नाममा बस्ती हटाउने काम न्यायोचित नभएको भन्दै त्यसो नगर्न सकारले निर्देशन दिने समेत बताए । ‘वर्षातको समस्यामा वैकल्पिक व्यवस्था बिना सुकुम्बासी हटाउने काम न्यायोचित नहुने भएकाले त्यसो नगर्न निर्देशन दिइसकेको छु,’ उनले भने, ‘व्यवस्थित र संस्थागत रुपमा सुकुम्बासीका समस्या समाधानमा सबैको सहयोग रहन्छ ।’

वैद्यसहितका सुकुम्बासी प्रतिनिधिले वैकल्पिक व्यवस्था बिना सुकुम्बासी बस्ती नहटाउन, बत्ती, पानी, बिजुलीको आपूर्ति सहज बनाउन, वास्तविक र नक्कली सुकुम्बासीको पहिचान गर्न र सुकुम्बासीलाई क्षतिपूर्तिको व्यवस्था गर्न प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.