नेविसंघको निर्वाचनमा विद्युतीय मेसिनमार्फत मतदान हुने

नेविसंघको निर्वाचनमा विद्युतीय मेसिनमार्फत मतदान हुने

काठमाडौंः नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको निर्वाचन बुधबार हुँदैछ।

पार्टी कार्यालय सानेपामा बुधवार बिहान ७ बजेबाट सुरु हुने निर्वाचन विद्युतीय मेसिनमार्फत गरिने केन्द्रीय निर्वाचन समितिका सदस्य कृष्ण पनेरुले जानकारी दिए। उनका अनुसार राम रिमाल र लक्ष्मण रिमाल दाजुभाइले आविष्कार गरेको विद्युतीय भोटिङ मेसिनबाट मतदान हुनेछ।


नेविसंघको निर्वाचनका लागि ४० वटा विद्युतीय मेसिनको व्यवस्था गरिएको पनेरुले बताए। पनेरुका अनुसार अध्यक्ष, खुल्ला उपाध्यक्ष, महामन्त्री, खुल्ला सहमहामन्त्री, कोषाध्यक्ष लगायत पदमा खुल्ला पदमा मतदानका लागि विद्युतीय मेसिनको प्रयोग गरिने छ।

उनले भने,‘कोटाबाट चुनाव लड्ने पदका लागि भने हामीले मतपत्रको व्यवस्था गरेका छौं। तर प्रत्यक्ष खुल्ला पदका लागि भने विद्युतीय भोटिङ मेसिनको प्रयोग गर्नेछौं।’  उनका अनुसार मतदान सकिएको दुई घन्टाभित्रैमा खुल्ला पदको नजिता सार्वजनिक गर्न सकिनेछ।

अध्यक्षमा ७ जनाको उम्मेदवारी दर्ता

बुधवार हुने चुनावका लागि अध्यक्षमा सात जनाको उम्मेदवारी परेको छ। केन्द्रीय निर्वाचन समितिका अनुसार अध्यक्ष पदमा मनोजमणि आचार्य, नैनसिंह महर, शुभराम बस्नेत, आनन्दराज त्रिपाठी, लक्ष्मण आचार्य नगेन्द्रसिंह ठकुरी रवचन कार्कीले उम्मेदवारी दिएका छन्।

दुई महामन्त्रीका लागि ६ जनाको उम्मेदवारी

दुई महामन्त्रीका लागि ६ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ। निर्वाचन समितिका अनुसार महामन्त्रीका लागि हिमालदत्त श्रेष्ठ, कुन्दनराज काफ्ले, सरोज थापा, दीपक भट्टराई, राजेश ज्ञवाली र शङ्कर पौडेलको उम्मेदवारी परेको छ।

कोषाध्यक्षमा पाँच जनाको उम्मेदवारी

कोषाध्यक्ष पदका लागि भने पाँच जनाको उम्मेदवारी परेको छ। कोषाध्यक्षका लागि अञ्जना अर्याल, केदार खनाल, टीका श्रेष्ठ, शिव रिमाल र उमेश भट्टराईले उम्मेदवारी दर्ता गराएका छन्।

झन्डै ९ वर्षपछि हुन लागेको नेविसंघको ११ औं महाधिवेशनले एक अध्यक्ष, दुई महामन्त्री र कोषाध्यक्षसहित १ सय २९ सदस्यीय नयाँ केन्द्रीय समिति चयन गर्नेछ। १ सय २९ पदका लागि ६ सय ८५ जनाको उम्मेदवारी दर्ता भएको छ।

तर, केहीले फिर्ताका लिने क्रम भने अहिले चलिरहेको छ। समितिले साँझ ६ः३० बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकेकाले उम्मेदवारको संख्या केही घट्ने समितिका सदस्य पनेरुले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.