अर्थसचिवको खान्की तारे होटेलको !

अर्थसचिवको खान्की तारे होटेलको !

काठमाडौं: सचिवले तलब भत्तावापत राज्यकोषबाट तलब÷भत्तामा बुझ्ने ५१ हजार रुपैयाँ हो । यसबाहेक इन्धनमा मासिक एक सय लिटर पेट्रोलको सुविधा हुन्छ । अर्थसचिव लोकदर्शन रेग्मीको खान्कीमै योभन्दा बढी खर्च भएको हुनसक्छ । अर्थसचिव लागि खान्की तारे होटेल द्वारिकाजबाट मगाइने भएकाले यस्तो अनुमान गरिएको हो ।

अति व्यस्त हुने अर्थसचिवका लागि कार्यालय समय १०–५ बजे भन्ने हुन्न । कुर्सीमा बस्ने जोपनि बिहानै मन्त्रालय आउने र साँझ अबेरसम्म बस्ने गर्छन् । रेग्मी पनि त्यसै गर्छन् । अझ उनी त मन्त्रालयका निकटस्थलाई लिएर डिनरमा द्वारिकाज जाँदा पनि फर्केर मन्त्रालयमा आई राति १० बजे सिंहदरबारभित्रै 'इभनिङ वाक' गर्छन् । बिहान ब्रेकफास्टदेखि डिनरसम्मको खानेकुरा द्वारिकाजबाटै आउँछ । 'सचिवज्यूलाई सुप खान मन लागे पनि द्वारिकाजमै अर्डर हुन्छ', मन्त्रालयका एक कार्यालय सहयोगीले भने ।

तत्कालीन सचिव रामेश्वर खनाल र शान्तराज सुवेदी क्यान्टिनकै चाउचाउ खान्थे, कहिलेकाँही सुक्खा रोटी÷तरकारी । कृष्णहरी बाँस्कोटाले चाउचाउबाहेक सायदै खाए, चाउचाउमा एउटा अन्डाचाहिँ चाहिन्थ्यो । 'अहिलेका सचिवलाई ब्रेड पनि द्वारिकाकै नभई नहुने', ती सहयोगीले भने । सहकर्मीसँग सचिवले 'म सानोतिनो मान्छे हैन, सानोतिनो ठाउँको खाँदिन' बारम्बार भन्ने गर्छन ।

उनले दोहोर्‌याउने अर्को कुरा हो– सानो चित्त बनाउन हुँदैन, हामीले एकाध लाखको खाएर फरक पर्दैन । बजेट लेखनका क्रममा संलग्न कर्मचारीलाई पनि मन्त्रालयमै खाना खुवाउने चलन छ । अघिका वर्ष क्यान्टिनकै खाना सर्व हुन्थ्यो । यसपालि द्वारिकाजका साथै कहिलेकाँही बबरमहल रिभिजिटेडबाट मगाइएको थियो । सचिवले बजेटसम्बन्धी छलफल पनि धेरै होटेलमै गरे । उनले मन्त्रालयबाहिरका पनि धेरैसँग बजेटको सुझाव संकलन गरेका थिए जुन पाँचतारे होटेलमै भए ।

अर्थसचिव लोकदर्शन रेग्मीको खान्कीमै तलबभन्दा बढी खर्च भएको हुनसक्छ । उनका लागि खान्की तारे होटेल द्वारिकाजबाट मगाइने भएकाले यस्तो अनुमान गरिएको हो ।

'यसैले यसपालि बजेटको आकारमात्र होइन, बजेट लेखनको खर्च पनि चुलियो,' स्रोतले भन्यो । तर, अर्थ मन्त्रालयको स्कुलिङचाहिँ साधारण खर्च घटाउनुपर्छ, यसका लागि पहिला मन्त्रालयनै उदाहरणीय हुनपर्छ भन्ने थियो ।
द्वारिकाजमा डिनरका साथै इभनिङ वाकमा पनि उनलाई साथ दिने बजेट महाशाखा प्रमुख रामशरण पुडासैनी, संस्थान समन्वय महाशाखा प्रमुख हरिशरण पुडासैनी, अनुगमन महाशाखा प्रमुख मुकुन्द पौडेल, कानुन महाशाखा प्रमुख चिरञ्जीवी खनाल र केन्द्रीय बजेटका प्रमुख (उपसचिव) थानप्रसाद पंज्ञेनी साथै हुन्छन् ।

डिनरमा रक्सी सेवन गर्न परे ब्लु लेवल सर्व हुन्छ । बाहिर २५ हजार रुपैयाँ पर्ने ब्लु लेवलको द्वारिकाजमा ६० हजार प्लस पर्छ । सचिवले तक्मा पाएको दिनचाहिँ मन्त्रालयका सबै सहसचिवलाई द्वारिकाजमा कक्टेल डिनर दिइएको थियो, ब्लुलेवल सर्व गरिएको थियो ।

अर्थमन्त्री विष्णु पौडेलले स्याङजामा एकै गाउँका रेग्मीलाई अर्थमा ल्याएका थिए । सचिवले सिस्टममा चल्नु पर्नेभन्दै सहसचिवलाई पनि मन्त्रीलाई सोझै नभेटन निर्देशन दिएका थिए । मन्त्रीमात्र हैन निकटस्थ मन्त्रालयकै सहसचिवले पनि सचिव रेग्मीलाई भेट्दैन थिए । विभागीय प्रमुखले पनि भेट्न घन्टौं कुर्न पथ्र्यो । अर्थमन्त्री पौडेलले अर्थ बुझेका थिएनन, यसैले सचिवले जे भन्यो मान्थे ।

एकजना विभागीय प्रमुख भन्छन, 'इभनिङ वाकमा उहाँको पछिपछि हिँड्दै आफ्ना कुरा राख्नपर्ने सायद उहाँको चाहना हुन्थ्यो ।' पूर्वमुख्यसचिव लीलामणि पौडेल खर्च कटौतीका लागि कार्यविधिनै बनाइएको र खर्चको प्रत्येक बिल वेबसाइटमा राख्नुपर्ने बनाइएको थियो भन्छन् । उनी भन्छन्, 'गोष्ठी÷छलफल सरकारी हलमै गर्नुपर्ने भनिएको थियो । 'पाँचतारे होटेलमा गरिएको खर्चको बिल सार्वजनिक गर्नुपछ ।'

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.