प्राध्यापक राजेन्द्र सुवेदीका दुई कृति सार्वजनिक

प्राध्यापक राजेन्द्र सुवेदीका दुई कृति सार्वजनिक

काठमाडौँ: मञ्चमा नेपाली भाषासाहित्यका मूर्धन्य प्राध्यापकहरू वासुदेव त्रिपाठी, ठाकुरप्रसाद पराजुली, राजेन्द्र सुवेदी, अभि सुवेदी, चूडामणि बन्धु, गोविन्द भट्टराई, वर्तराज आचार्य, महादेव अवस्थीलगायतका विद्वान् समालोचकहरू । श्रोताका रूपमा पछिल्लो पुस्ताका प्राध्यापक, साहित्यकार पाठकहरू खचाखच ।

गुरुहरूका मुखारबिन्दबाट पूर्वीय र पश्चिमी साहित्य सिद्धान्त, प्रयोग र नवीन प्रवृत्तिहरूका बारेमा व्याख्यान सुन्दा स्नातकोत्तर नेपाली विषयको कक्षामा सहभागी भएको महसुस भइरहन्थ्यो । यस्तै महसुस गर्नेको भीडमा चर्चित समालोचक रामप्रसाद ज्ञवाली, रमेश भट्टराईहरू पनि ध्यान दिएर गुरुहरूका व्याख्यान सुन्नमा तल्लीन देखिन्थे ।

गुरु, चेला, साहित्यकार, पाठक, समालोचक, लेखक आदिलाई सोमबार एउटै सभामा भेट गराइदिने अवसर जुराइदिएको थियो लुष प्रेस र पाठ्य सामग्री पसलले । कार्यक्रम थियो, प्राध्यापक राजेन्द्र सुवेदीद्वारा लिखित ‘सांस्कृतिक अध्ययन र नेपाली साहित्य’ विषयक समालोचनात्मक कृति र उनैको सम्पादनमा प्रकाशित ‘स्रष्टा होम : द्रष्टा अनेक’ कृतिको लोकार्पण । कार्यक्रमका वक्ता विद्वान्हरूले विमोचित कृति र कृतिकारबारे गहन समीक्षा गरे । यस क्रममा उनीहरूले साहित्यिक कृतिमा सांस्कृतिक अध्ययनको ऐतिहासिक पृष्ठभूमि, विभिन्न देशमा यसको प्रयोग र नेपाली सन्दर्भहरूका बारेमा स्पष्ट पारिदिए ।

उमेरले सात दशक नाघेका ऊर्जाशील स्रष्टा राजेन्द्र सुवेदीको क्रियाशीलताको सबै प्राध्यापकले मुक्तकण्ठले प्रशंसामात्र गरेनन् अझै उच्चस्तरीय कृतिहरू जन्माइरहन हौस्याए । समाचोलक गोविन्द भट्टराईले ‘सांस्कृतिक अध्ययन र नेपाली साहित्य’ कृतिले नेपाली समालोचनाका क्षेत्रमा नयाँ आयाम थप्ने बताए । प्राध्यापक अभि सुवेदीले सांस्कृतिक समालोचनाको सैद्धान्तिक पक्षका बारेमा व्याख्यान दिँदै यो कृति नेपाली साहित्यमा पहिलोपटक आएको बताए ।

उनले भने, ‘सुवेदी सिर्जनशील, नयाँनयाँ प्रयोग गरिहरने, नयाँ विचारलाई स्थापना गर्न सक्ने क्षमता भएका स्रष्टा हुन् । समालोचक त्रिपाठीले सुवेदीलाई समालोचना र सिर्जनात्मक साहित्यका अथक यात्रीको संज्ञा दिए । लेखक सुवेदीले समाजका भोक्ताहरूले युगौंदेखि भोग्दै आएका भोगाइलाई आफूले सांस्कृतिक अध्ययनका रूपमा एउटा गोरेटो खोल्ने प्रयास गरेको बताए ।

बेलायतमा जन्मिएर अमेरिकामा हुर्किई अहिले विश्वका धेरै मुलुकमा फैलिएको सांस्कृतिक विषयक अध्ययन गरी लेखिएको कृतिमा सांस्कृतिक अध्ययनको पूर्वीय एवम् पश्चिमी अवधारणा, तिनका गहन व्याख्या, सांस्कृतिक अध्ययनमा हुँदै आएका अन्य विविध सन्दर्भ जस्तै  पर्यावरणीय साहित्य, आप्रवासी साहित्य आदिका मूल्यमान्यतालाई नेपाली परिवेशमा प्रस्तुत गरिएको छ ।

‘स्रष्टा होम: द्रष्टा अनेक’ कृतिमा आप्रवासमा रहेर नेपाली साहित्यमा क्रियाशील होमनाथ सुवेदीका विराट् साहित्यिक व्यक्तित्वका बारेमा विभिन्न समालोचकहरूले लेखेका २९ वटा रचना छन् ।

डायस्पोरिक नेपाली साहित्यकारका बारेमा नेपाली समालोचकहरूले लेखेको यो गहन कृति हो । २० को दशकदेखि साहित्यलेखनमा लागेर अहिलेसम्म निरन्तर क्रियाशील सुवेदीको ‘सांस्कृतिक अध्ययन र नेपाली साहित्य’ तेह्रौं समालोचनात्मक कृति हो भने उनको सम्पादनमा प्रकाशित ‘स्रष्टा होम ः द्रष्टा अनेक’ २५ औं कृति हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.