द्विपक्षीय उच्च भ्रमण चाँडैः रे

द्विपक्षीय उच्च भ्रमण चाँडैः रे

काठमाडौंः  भारतीय राजदूत रञ्जित रेले उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको भारत भ्रमणले भारतका राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण तथा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रपति विद्या भण्डारीको भारत भ्रमण मिति तय गर्ने जानकारी दिएका छन् ।

उपप्रधानमन्त्री निधि बिहीबार भारत प्रस्थान गर्नु अघिल्लो दिन नै राजदूत रेले यस्तो जानकारी दिएका हुन् ।

केही दिनको भारत बसाइबाट फर्केका राजदूत रेले दुवै देशबीच हुने द्विपक्षीय उच्च तहको भ्रमणबारे नेपाल सरकारलाई जानकारी दिनुअघि नै सार्वजनिक गरेका हुन् । बुधबार रिपोर्टर्स क्लबले राजधानीमा आयोजना गरेको साक्षात्कारमा राजदूत रेले भने, ‘द्विपक्षीय उच्च भ्रमण तय गर्न नेपालका उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि बिहीबार दिल्ली जाँदै हुनुहुन्छ ।’

नेपाल-भारतबीच द्विपक्षीय उच्च भ्रमण हुन जरुरी रहेको उल्लेख गर्दै उनले भने, ‘द्विपक्षीय भ्रमणलगायतले दुई देशबीच केही समययता रहेको असहज परिस्थिति सहज बनाउँछ ।’ उच्च तहको भ्रमण तिथि भने तय नभइसकेको उल्लेख गर्दै उनले कूटनीतिक च्यानलले आपसी गृहकार्य साथ भ्रमण मिति तय गर्ने बताए ।

कहिलेकहीं भारतले नेपालमा अस्थिरता चाहेको आरोप लगाउने गरेको आफूले सुनेको भन्दै उनले यसमा कुनै सत्यता नभएको बताए । उनले भने, ‘योे स्वयं भारतको हितविपरीत छ । नेपालमा अस्थिरता भयो भने भारतको विकासमा पनि असर पर्छ । त्यसैले भारत कहिल्यै आफूलाई असर पर्ने त्यस्तो अस्थिरता चाहँदैन ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.