पुनर्संरचना आयोग भंग गर्न माग

पुनर्संरचना आयोग भंग गर्न माग

काठमाडौंः कांग्रेसका सांसदहरूले स्थानीय तहको पुनर्संरचना गर्न गठित आयोगद्वारा प्रस्तावित खाका अव्यावहारिक भएको भन्दै उक्त आयोग भंग गर्न माग गरेका छन् ।

व्यवस्थापिका संसद्को बुधबारको बैठकमा कांग्रेसका सांसदहरूले जनताको आवश्यकता नहेरी आयोगले स्थानीय तहको खाका पेस गरेको भन्दै आक्रोश पोखेका हुन् । कांग्रेस सांसद जीवनबहादुर शाहीले आयोगद्वारा प्रस्तावित खाकाले जनताले सेवाभन्दा सास्ती पाउने दाबी गरे । ‘यो आयोगले घरघरमा झगडा गराउन खोज्यो,’ शाहीले भने, ‘जनताको आवश्यकता नहेरी संख्या तोक्ने काम भयो । आयोग भंग गर्नुपर्छ ।’

हाललाई पुरानै संरचनाअनुसारको स्थानीय निकाय निर्वाचन गर्नुपर्ने र नयाँ आउने जनप्रतिनिधिको सल्लाहमा स्थानीय तह बनाइनुपर्ने उनको सुझाव थियो । कांग्रेसका अर्का सांसद ललितजंग शाहीले आयोगद्वारा प्रस्तावित संख्या अव्यावहारिक भएको भन्दै जनताले झन् सास्ती पाउने गरी काम गर्न नहुने बताए ।
यस्तै विभिन्न दलका सांसदहरूले काभ्रे, बैतडीलगायतका जिल्लामा हालै भएका सडक दुर्घटनाको मुख्य कारण सिन्डिकेट भएको भन्दै त्यसलाई खारेज गर्न माग गरे ।

एमालेका मानप्रसाद खत्रीले सिन्डिकेटका कारण थोत्रा गाडी चलाउँदा दुर्घटना बढ्दै गएको बताए । कांग्रेसका तीर्थबहादुर लामाले काभ्रेमा बस दुर्घटनाको मुख्य कारक सिन्डिकेट भएको भन्दै सडक दुर्घटनाको जिम्मा सरकारले लिनुपर्ने बताए ।

एमालेका विदुर सापकोटा सडकको अवस्था र व्यवसायीको सिन्डिकेटका कारण काभ्रेमा बस दुर्घटना भएको भन्दै सरकारले अविलम्ब सिन्डिकेट हटाउनुपर्ने बताए ।

एमाओवादीका जनकराज जोशीले राजनीतिक दलको योगदानमा आधारित पैसा राज्यले दिने व्यवस्था गर्नुपर्ने तर्क गरे । ‘सरकारले पैसा दिने हो भने चन्दा उठाउने, असुली गर्ने काम अन्त्य भई दलहरूको स्वच्छता कायम हुन्छ,’ जोशीले भने ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.