प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकारमा आचार्य नियुक्त
भदौ २, २०७३ बिहीबार १३:११:०
काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जनसम्पर्क सल्लाहकारमा रामदिप आचार्य नियुक्त भएका छन्।
बिहीबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्यसमेत रहेका आचार्यलाई प्रधानमन्त्री प्रचण्डको जनसम्पर्क सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो।