नेविसंघमा समिता कर्णालीकै पहिलो महिला केन्द्रीय सदस्य

नेविसंघमा समिता कर्णालीकै पहिलो महिला केन्द्रीय सदस्य

जुम्ला: नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनले समिता शाहीलाई महिला केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित गरेको छ।

शाही कर्णालीबाट निर्वाचित हुने पहिलो महिला केन्द्रीय सदस्य हुन्। विद्यार्थी राजनीतिमा विगत २५ वर्षसम्म जुम्लाबाट कुनै पनि महिला वा पुरुष केन्द्रीय सदस्यमा नपुगेको अवस्थामा नेविसंघको ११ औं महाधिवेशनले उनलाई केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित गरेको नेपाली काँग्रेस जुम्लाका पार्टी सचिव कर्णबहादुर शाहीले जानकारी दिए। 

सिंजाका नमजङ्ग हमाल र त्यसपछि नेपाली काँग्रेस जुम्लाका तत्कालीन सभापति भएका स्वर्गीय मानव सेजुवाल केन्द्रिय सदस्यमा निर्वाचित भएको २५ वर्षपछि शाहीलाई निर्वाचित गरेको उनले बताए।

जुम्लाको अत्यन्तै विकट गाविस ताम्ती ८ टोप्ला गाउमा जन्मनुभएकी २२ वर्षीया शाहीले पिछडिएको क्षेत्रका लागि तोकिएको कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिउकी थिइन्। रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.