बाबुराम भन्छन्ः समृद्धिका लागि आर्थिक क्रान्ति आवश्यक

बाबुराम भन्छन्ः समृद्धिका लागि आर्थिक क्रान्ति आवश्यक

काठमाडौँ: नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले मुलुकलाई समृद्धितर्फ लैजान अब आर्थिक क्रान्तिको खाँचो रहेको बताएका छन् ।

सहिद बेपत्ता परिवार घाइते अपाङ्ग संरक्षण मञ्चले रामवृक्ष यादवको २२औँ स्मृति दिवसका सन्दर्भमा आज आयोजना गरेको कार्यक्रममा नेता भट्टराईले सहिदको सपना पूरा गर्न देशमा आर्थिक तथा सामाजिक रुपान्तरण गर्नुपर्ने बताए ।

भट्टराईले भने, ‘मुलुकको अग्रगमनका लागि जीवन बलिदान गर्ने सहिद तथा घाइते र बेपत्ता परिवारलाई राजनीतिभन्दा माथि राखेर न्याय दिलाइदिनुपर्छ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले यादव निष्ठावान् र आदर्शवादी नेता भएको स्मरण गर्दै अहिले मधेसमा विभिन्न रुपमा जारी रहेको आन्दोलनलाई सही दिशानिर्देश गर्न उनको अभाव खट्किएको विचार व्यक्त गरे ।

सोही पार्टीका सहसंयोजक रामचन्द्र झाले सरल, सहयोगी स्वभावका यादवमा उच्चस्तरको राजनीतिक संस्कार रहेको बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.