महरा अाज चीनबाट फर्कंदै
काठमाडौंः चीन भ्रमणमा रहेका उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा सिचुवान प्रान्तको छेङ्दु पुगेका छन् । मन्त्री महराले चिनियाँ कम्युनिस्ट पार्टीका छेङ्दुस्थित सचिवसँग भेट्ने कार्यक्रम तय भएको महराका सञ्चारविज्ञ त्रिभुवन पौडेलले बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रूपमा चीन पुगेका मन्त्री महरा बेइजिङमा उच्चस्तरीय भेटवार्तापछि बिहीबार अपराह्न छेङ्दु पुगेका हुन् । काठमाडौंबाट सीधा हवाई सम्पर्क रहेको छेङ्दुमा नेपालले महावाणिज्य दूतावास खोल्न गृहकार्य अघि बढाइसकेको छ । महरा शनिबार स्वदेश फर्किनेछन् ।
प्रतिक्रिया दिनुहोस !