भारत नेपालको विकास र शान्ति हेर्न चाहन्छः मुखर्जी

भारत नेपालको विकास र शान्ति हेर्न चाहन्छः मुखर्जी

काठमाडौँ: भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विशेष दूतका रूपमा भारत जानुभएका उपप्रधानमन्त्री विमलेन्द्र निधिले शुक्रबार नयाँ दिल्लीमा राष्ट्रपति मुखर्जीसँग भेटवार्ता गरेको निधिका स्वकीय सचिव विश्वास विक्रमले जानकारी दिए ।

भेटमा भारतीय राष्ट्रपति मुखर्जीले भारतले सदैव नेपालमा शान्ति, स्थिरता र विकास भएको हेर्न चाहेको बताएका छन् ।  भेटमा उपप्रधानमन्त्री निधिले नेपालका राष्ट्रपतिका तर्फबाट भारतीय राष्ट्रपतिलाई पठाएको नेपाल भ्रमणको निमन्त्रणा पत्र हस्तान्तरण गरेका छन् ।

साथै राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमणका बारेमा समेत कुराकानी भएको छ । यसअघि राष्ट्रपति भण्डारीको भारत भ्रमण अन्तिम समयमा स्थगन भएको थियो ।

शुक्रबार दिनभरको उच्चस्तरीय भेटघाट र छलफलमा भारतीय उच्च अधिकारीले उपप्रधानमन्त्री निधिलाई नेपाल सरकारले संविधान संशोधन र मधेसीका माग सम्बोधन सम्बन्धमा गरेका कार्यको प्रशंसा गर्नुभएको स्वकीय सचिव विक्रमको भनाइ छ ।

उपप्रधानमन्त्री निधिसँग भारतीय अधिकारीको भेटघाट र उच्चस्तरको छलफलपछि निकट भविष्यमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री दाहालको भारत भ्रमण तथा भारतीय राष्ट्रपति मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणबारे छलफल भएको स्वकीय सचिव विक्रमले जानकारी दिए ।


उपप्रधानमन्त्री निधिले शुक्रबार नै यसअघि भारतीय गृहमन्त्री राजनाथ सिंह र विदेश मामिलामन्त्री सुष्मा स्वराजसँग भेटघाट गरेका थिए । गृहमन्त्री निधिले शनिबार बिहान भारतीय प्रधानमन्त्री मोदीसँग भेटघाट गर्ने बताइएको छ । भेटका अवसरमा उपप्रधानमन्त्री निधिले प्रधानमन्त्री दाहालको भारत भ्रमणका बारेमा छलफल गर्नेछन् ।

नयाँ सरकार गठनपछि प्रधानमन्त्री दाहालको विशेष प्रतिनिधि पठाउने सरकारको निर्णयानुसार उपप्रधानमन्त्री निधि दुई देशबीचको उच्च भ्रमणको तयारी तथा राजनीतिक भेटघाटका लागि बिहीबार भारत प्रस्थान गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.