एएफसी कप प्लेअफमा थ्रीस्टारद्वारा एर्चिम क्लब पराजित
![एएफसी कप प्लेअफमा थ्रीस्टारद्वारा एर्चिम क्लब पराजित](https://annapurnapost.prixacdn.net/media/albums/three_star-57b96bbf82c573.73815134_dEVPGdihLF.jpg)
मंगोलियाः एएफसी कप प्लेअफ छनाैटको आफ्नो पहिलो खेलमा थ्रीस्टार क्लबले मंगोलियाको एर्चिम फुटबल क्लबलाई पराजित गरेको छ।
आइतबार मंगोलियाको कृत्रिम खेल मैदानमा भएको खेलमा थ्रीस्टारले एर्चिम क्लबलाई २–० ले पराजित गरेको हो। खेलको १५ औं मिनेटमा मार्टिनले गोल गर्दै थ्रीस्टारलाई सुरुवाती अग्रता दिलाए।
पहिलो हाफमा १–० ले अग्रता लिएको थ्रीस्टारले दोस्रो हाफमा अर्को एक गोल थपेको थियो। खेलको ७५ औं मिनेटमा कप्तान विक्रम लामाले गोल गर्दै थ्रीस्टारलाई २–० को जित दिलाए।
थ्रीस्टार नेपालको पछिल्लो राष्ट्रिय लिग बिजेता हो टोली हो भने एर्चिम मंगोलियाको राष्ट्रिय लिग बिजेता हो। थ्रीस्टारले अब आफ्नो दोस्रो खेलमा नागावल्र्डको सामना गर्नेछ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)