तीज गीतमा बेचबिखनको विरोध 

तीज गीतमा बेचबिखनको विरोध 

सन्धिखर्कः 
ललाउँदै फकाउँदै बिहे गर्छु भनेर
बम्बैमा बिक्री गर्छन् पैसा गनेर ।

यी शब्द कुनै कविका होइनन् । यी जिल्लाको किमडाँडा आयोजित तीजगीत प्रतियोगितामा स्थानीय आमा समूहका सदस्यले गाएको गीतका शब्द हुन् । उनीहरूले ललाइफकाइ बिहे गर्छु तथा राम्रो नोकरी लगाइदिन्छु भनेर बिहे गर्ने तर पछि बम्बै लगेर बेच्ने गरेको पीडा गीतमा बोलेका थिए ।

अभिभावकले जबर्जस्ती बालविवाह गरिदिने र दाइजोका नाममा महिलामाथि हुने हिंसाको पनि उनीहरूले गीतमै विरोध गरे । समाज बदल्न महिला पुरुष एक नभएसम्म नहुने उनीहरूले सन्देश दिए । नारी र पुरुष एक रथका दुई पाङ्ग्रा हुन् भन्ने भनाइलाई सार्थक बनाउन दिदीबहिनी र आमाहरूले आग्रह गरे ।
महिला पुरुष समान भन्ने व्यवहारमा आएन ।

अझै पनि यो समाजले मुक्ति पाएन ।
महिला र पुरुष माथि हुने हिंसाका बारे पनि उनीहरूले गीत गाए । पहिलेपहिलेका तीज गीतमा माइत जान नपाएका, सासूले हेलाँ गरेका र दुःख पाएका गीत गाउने महिलाका तीजगीत पनि परिवर्तन भएका छन् ।

लालीगुराँस महिला बचत तथा ऋण सहकारी संस्था किमडाँडाले आयोजना गरेको खुल्ला तीजगीत प्रतियोगितामा गाउँका आमा समूहका दिदीबहिनीले चेतनामूलक गीत गाएका हुन् । उनीहरूले तीजगीतमार्फत नै संविधान कार्यान्वयनका लागि खबरदारी गर्न पनि आग्रह गरे ।

१२ समूहले भाग लिएको तीजगीत प्रतियोगितामा मिलन महिला समूह प्रथम भएको छ । प्रथम, द्वितीय र तृतीयलाई क्रमशः पाँच हजार, ३५ सय र २५ सय नगद प्रदान गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.