समयमै निर्वाचन गराउन सरकार गम्भीर छ: प्रचण्ड

समयमै निर्वाचन गराउन सरकार गम्भीर छ: प्रचण्ड

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार समयमै स्थानीय निकायको निर्वाचन गराउन प्रतिवद्ध रहेको बताएका छन्।

निर्वाचन आयोगको कार्यालयमा आयोगका प्रमुख आयुक्त र आयुक्तहरुसँग सोमबार भएको भेटमा प्रधानमन्त्री प्रचण्डले स्थानीय निकायको निर्वाचनको विकल्प नरहेकाले त्यसको तयारीमा गम्भिरताका साथ लाग्न निर्वाचन आयोगलाई निर्देशन दिए।

प्रचण्डले भने,‘समयमै निर्वाचन गराउन सरकार गम्भीर र प्रतिवद्ध छ। संविधान कार्यान्वयन भएन भने देश र राजनीति नै दुर्घटनामा पर्न सक्छ। त्यसैले निर्वाचनको बिकल्प छैन, आयोगले पनि यही गम्भीरताका साथ काम गरोस् भन्ने सरकारको आग्रह छ।’

भेटमा प्रधानमन्त्रीले स्थानीय निकायको निर्वाचन नभएर सरकार संविधानको व्यवस्था बमोजिम बन्ने स्थानीय तहको निर्वाचनको गृहकार्यमा जुटेको पनि बताएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। ‘स्थानीय निकायको निर्वाचन कि स्थानीय तहको निर्वाचन भन्ने अलमलमा हामी पर्नु हुँदैन । सरकार संविधानले निर्दिष्ट गरेको स्थानीय तहको निर्वाचनको गृहकार्यमा जुटेको छ,’ उनले भने।

प्रधानमन्त्रीले एकैपटक प्रादेशिक र संघीय निर्वाचन गर्नु राम्रो हुने भन्दै यसबारे आयोगले आवश्यक परामर्श गर्न आवश्यक रहेको वताए। उनले स्थानीय तह, प्रादेशिक र संघीय निर्वाचनबाहेक अरु निर्वाचनको कुरा अहिले सान्दर्भिक नभएको बताए।

भेटमा संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डे, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले निर्वाचनको तयारीका लागि सरकारका सबै अंगहरुले तदारुकताका साथ काम गर्नुपर्ने बताएका थिए।

भेटमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचन आयोग सरकारले निदृष्ट गरेबमोजिम निर्वाचन गर्न तयारी अवस्थामा रहेको जानकारी दिएका थिए। उनले निर्वाचनका लागि आवश्यक कानुन निर्माण र संशोधन, भौतिक पूर्वाधारको तयारी र निर्वाचनको गृहकार्यका लागि आवश्यक पर्ने समयको व्यवस्थापन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.