'उपराष्ट्रपतिको कार्यालय र आवासबारे प्रधानमन्त्रीको ध्यानाकर्षण'

'उपराष्ट्रपतिको कार्यालय र आवासबारे  प्रधानमन्त्रीको ध्यानाकर्षण'

काठमाडौंः  उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले उपराष्ट्रपतिको कार्यालय र आवासबारे सरकारको ध्यानाकर्षण गराएका छन्।

सोमबार अपरान्ह कान्तिपथ बहादुर भवनस्थित उपराष्ट्रपतिको कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको भेटमा उपराष्ट्रपति पुनले अन्तरिम संविधान २०६३ को व्यवस्थाअनुसार उपराष्ट्रपतिको व्यवस्था भए पनि हालसम्म उपराष्ट्रपति कार्यालयको आफ्नै भवन नभएको बारे ध्यानाकर्षण गराएका हुन्।

उपराष्ट्रपति पुनले उपराष्ट्रपतिको कार्यालय र आवास एउटै स्थानमा हुने गरी उपराष्ट्रपति भवनका लागि स्थान तोकिदिन प्रधानमन्त्रीलाई अनुरोधसमेत गरेको उनका प्रेस संयोजक मनोज घर्ती मगरले जानकारी दिए।

जवाफमा प्रधानमन्त्री प्रचण्डले उपराष्ट्रपतिको कार्यालय र निवास भवनका लागि आफू गम्भीर भएको रहेको र मन्त्रिपरिषदले पूर्णता पाउनासाथ निर्णय लिने बताए। प्रधानमन्त्री प्रचण्डले देशका परिवर्तित राजनीतिक अवस्थाको बारेमा जानकारी समेत गराएका थिए।

प्रधानमन्त्री प्रचण्डले भोलि (मंगलबार)सम्म आफू नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाउने जानकारी गराएका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.