'पूर्व मुमा बडामहारानीको निवासमा विद्युत आपूर्ति बन्द गर्नु अमर्यादित'
काठमाडौंः राप्रपा नेपालले पूर्व मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहको निवासमा महेन्द्र मञ्जिलमा काटिएको विद्युत आपूर्तिको तत्काल सूचारु गर्न माग गरेको छ।
राप्रपा नेपालका प्रवक्ता राजाराम श्रेष्ठले विज्ञप्ति जारी गरी सरकारको स्वामित्वमा रहेको महेन्द्र मञ्जिल भवनको विद्युत कटौती गरिनु अमानवीय, अमर्यादित र अनुपयुक्त रहेकाले तत्काल सूचारु गर्न सरकारसँग माग गरेका छन्।
‘८९ बर्षीया वयोवृद्धा पुर्व मुमा बडामहारानीबाट प्रयोग भइरहेको महेन्द्र मञ्जिलको विद्युतको लाइन काट्ने कार्य अत्यन्त अमानवीय, अमर्यादित र अनुपयुक्त छ, विज्ञप्तिमा भनिएको छ।’
श्रेष्ठले सरकारको स्वामित्व रहने गरी पूर्व मुमा बडामहारानीलाई महेन्द्र मञ्जिलमा बस्ने व्यवस्था मिलाउने सरकारकै पूर्व निर्णय उल्लंघन हुने गरी लाइन काट्नु सभ्य भनएको उल्लेख गरेका छन्।
उर्जामन्त्री जनार्दन शर्माको निर्देशनमा आइतबार बडामहारानी बस्ने महेन्द्र मञ्जिलको विद्युतको लाइन काटिएको थियो।
प्रतिक्रिया दिनुहोस !