कांग्रेस सभापति देउवा पत्नी आरजुसहित शुक्रबार सिंगापुर जाने

कांग्रेस सभापति देउवा पत्नी आरजुसहित शुक्रबार सिंगापुर जाने

काठमाडौंः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य जाँचका लागि पत्नी आरजु देउवा राणासहित सिंगापुर जाने भएका छन्।

देउवा शुक्रबार आरजुसँगै सिंगापुर जाने तय भएको उनका सहयोगी भानु देउवाले जानकारी दिए। देउवाले सिंगापुरको माउण्ट एलिजावेथ हस्पिटलमा उपचार गराउनेछन्।

यसअघि बुधवार जाने तयारी गरिएपनि पार्टीका तर्फबाट सरकारमा पठाउने मन्त्रीहरुको टुंगो लगाउनु पर्ने भएकाले देउवा दुर्इ दिनपछि शुक्रवार सिंगापुर जाने पक्का भएको उनले बताए।

'देउवालार्इ पेट दुख्ने समस्याबाट छ, त्यसको जाँच तीन वर्ष अघि गराउनुभएको थियो सिंगापुरमै। चिकित्सकले फलो अपका लागि बोलाएका थिए तर जान पाउनु भएको थिएन,' उनले भने।   

तीन वर्ष अघि सिंगापुरमा स्वास्थ्य जाँच गराएर फर्किएका देउवा कार्यव्यस्तताका कारण दुई वर्ष यता फलो अप चेकजाँचका लागि गएका छैनन्।

ढाडको हड्डी खिइएपछि गत वैशाखमा नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा हिप रिप्लेसमेन्ट गराएकी देउवा पत्नी राणाले पनि आफ्नो स्वास्थ्य जाँच गराउने छिन्।

देउवा पत्नी आरजु तीन महिना लामो आरामपछि पछिल्ला दिनमा आफ्नो सक्रियता बढाएकी छिन्। 

-सच्याइएको


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.