मधेसी मोर्चाले भन्यो, संविधान संशोधनमा किन ढिलाइ ?
काठमाडौँ : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधन प्रक्रियालाई छिटो अघि बढाउन सरकारलाई आग्रह गरेको छ।
मोर्चाको आज बसेको सचिवालय बैठकले यस्तो आग्रह गरेको हो। बैठकमा नेताहरुले मधेस मागलाई सम्बोधन गर्न संविधान संशोधन प्रकिया अघि बढाउन ढिलाइ भएकोमा असन्तुष्टी व्यक्त गरेका थिए। मधेस आन्दोलनका क्रममा साहदत प्राप्त गरेका तर सहिद घोषणा गर्न बाँकी रहेकाको अभिलेख तयार गर्ने निर्णय पनि बैठकले गरेको छ ।
बैठकले आन्दोलनका क्रममा घाइते तथा कार्यकर्तामाथि चलाइएका झुठा मुद्दा र क्षतिको समेत अभिलेख तयार गरी शीर्ष नेतालाई यही भदौ ८ गतेसम्म बुझाउने निर्णय गरेको मोर्चाका नेता एवम् सद्भावना पार्टीका महासचिव मनीषकुमार सुमनले जानकारी दिए।
यही भदौ ८ गते शीर्ष तहका नेताका बीचमा शीर्ष बैठक बस्ने पनि निर्णय भएको मोर्चाले जनाएको छ। तीन बुँदे सहमतिका आधारमा मोर्चाले वर्तमान गठबन्धनलाई सघाएको हो। तीनबुँदे सहमतिको पहिलो बुँदामा मधेसी मोर्चासहितको संघीय गठबन्धनले राखेका संविधानसँग सम्बन्धित मागलाई सम्बोधन गर्न संविधान संशोधन गर्ने उल्लेख छ।
प्रतिक्रिया दिनुहोस !