‘नेपालको स्थायित्व र विकासमा सघाउँछाै‌’

‘नेपालको स्थायित्व र विकासमा सघाउँछाै‌’

काठमाडौः भारत भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले सोमबार साँझ सत्तारूढ भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष अमित शाहसँग भेटवार्ता गरेका छन् ।

भेटमा निधिले भारतसँगको सम्बन्धलाई सरकारले उच्च महत्व दिएको बताए । पूववर्ती सरकारका पालामा सम्बन्धमा आएको तिक्तता बिर्संदै नयाँ रूपमा अघि बढाउन चाहेको उनले बताए । संविधानमा असन्तुष्ट मधेस केन्द्रित दलका माग सम्बोधन गर्न संविधान संशोधन प्रक्रिया अघि बढाइने उनले बताए ।

निधिले शाहसँग एक्लै १५ मिनेट वार्ता गरेका थिए । त्यसअघि १० मिनेट नयाँदिल्लीस्थित दूतावासका अधिकारीसहित उनले शाहसँग भेटेका थिए ।
भाजपा अध्यक्ष शाहले नेपालको शान्ति, स्थायित्व र विकासका लागि भारतले सदैव सघाउने बताए । उनले नेपालमा बनेको नयाँ सरकारप्रति भारतको पूर्ण शुभेच्छा रहेको बताउँदै सबै किसिमले सघाउने बताएका थिए ।

निकट छिमेकीका नाताले भारतले नेपालको आर्थिक–सामाजिक विकासमा सहयोग गर्नेसमेत शाहले बताएका थिए । भाजपा अध्यक्ष शाहका सहयोगी सन्दीप रानाले टेलिफोनमा भने, ‘दुई देशबीचको सम्बन्ध अझै कसरी मजबुत बनाउन सकिन्छ भन्ने विषयमा कुराकानी भएको हो ।’ उनले भेटवार्ता हार्दिकतापूर्ण वातावरणमा टुंगिएको जानकारी दिए ।

नयाँदिल्लीस्थित दूतावासका कार्यवाहक राजदूत कृष्णप्रसाद ढकालले नेताद्वयको भेटमा नेपाल र भारतबीचका द्विपक्षीय हितका सबै विषयमा कुराकानी भएको बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहालको विशेषदूतका रूपमा भारत भ्रमणमा गएका मन्त्री निधिले सोमबारै कंग्रेस आईका नेता एवं भारतीय पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंह र भारतीय जनता पार्टीका महासचिव राम माधवसँग भेटवार्ता गरे ।

भारत भ्रमण सकेर मन्त्री निधि मंगलबार स्वदेश फर्किने भएका छन् । भ्रमणका क्रममा निधिले भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुषमा स्वराज, गृहमन्त्री राजनाथ सिंहसँग भेटेका थिए ।

सबै भेटमा प्रधानमन्त्री दाहालको भदौ ३० देखिको प्रस्तावित भारत भ्रमण, भारतीय राष्ट्रपति मुखर्जीको नेपाल भ्रमणलगायतका विषयमा छलफल भएको थियो । भारतीय उच्च नेतृत्वले मधेस केन्द्रित दलहरूका माग सम्बोधन गरिए नेपालको संविधान कार्यान्वयनमा भारतले सहयोग गर्नसक्ने बताएका थिए । निधिले प्रधानमन्त्री दाहालको भारत भ्रमणअघि संविधान संशोधन प्रस्ताव मन्त्रिपरिषद्बाट अनुमोदन गरी संसद्मा पेस गरिने बताएका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.