कांग्रेसबाट मन्त्री चयन बिहीबारसम्म

कांग्रेसबाट मन्त्री चयन बिहीबारसम्म

काठमाडौं : कांग्रेसले सरकारमा सहभागी हुने नेताहरूको चयन गर्न अझ केही दिन लगाउने भएको छ । पार्टीको भागमा परेका १३ मन्त्रालयमध्ये गृह र भौतिक पूर्वाधार मन्त्रालयमा मात्र मन्त्री नियुक्त भएका छन् ।

बाँकी ११ मन्त्री र केही राज्यमन्त्री सरकारमा पठाउने विषयमा छलफल गर्न मंगलबार पार्टी संसदीय दलको बैठक बस्दैछ । पार्टीले बुधबार वा बिहीबारसम्म सरकारमा जाने मन्त्रीको टुंगो लगाउनेछ ।

कांग्रेस सभापति शेरबहादुर देउवा आगामी शुक्रबार उपचारका लागि सिंगापुर जान लागेकाले बिहीबारसम्ममा सरकारमा मन्त्री सहभागी गराउने गरी छलफल भइरहेको पार्टी उच्च स्रोतले दाबी गरेको छ । देउवा निकट स्रोतका अनुसार सकेसम्म ११ मन्त्री र पाँच राज्यमन्त्री एकैपटक पठाउने गरी छलफल जारी छ । ‘छिटोमा बुधबार नभए बिहीबारसम्ममा कांग्रेसबाट मन्त्रीहरू सरकारमा सहभागी हुन्छन्’, एक नेताले अन्नपूर्णसँग भने, ‘मन्त्री चयनका लागि आन्तरिक छलफल जारी छ ।’

नेता रामचन्द्र पौडेलले सरकारका सहभागी हुने चारजनाको नाम देउवालाई पठाइसकेका छन् । अझै एकजना थप मन्त्री पाउनुपर्ने उनको दाबी छ ।मन्त्रीको आकांक्षी बढी भएपछि देउवाले दुई चरणमा चयन गर्ने भएका छन् । नौ महिनापछि आफ्नो नेतृत्वमा सरकार गठन हुने लिखित सहमति सरकारको नेतृत्व गरेको माओवादी केन्द्रसँग भएकाले यसपटक समेटिन नसकेकालाई अर्को सरकारमा सहभागी गराउने उनको तयारी छ ।

स्रोतका अनुसार देउवाले सरकारमा सबै पक्षलाई मिलाएर पठाउने तयारी गरेका छन् । अर्जुननरसिंह केसी, बालकृष्ण खाँड, प्रकाशशरण महत, जीवनबहादुर शाही, सीतादेवी यादव, दीपक गिरी मन्त्री हुने लगभग निश्चित जस्तै छ । त्यस्तै भरत शाह, मीन विश्वकर्मा, नवीन्द्रराज जोशी र नेता कृष्णप्रसाद सिटौलाको सिफारिसमा भीमसेनदास प्रधान, सुधीरकुमार शिवाकोटी वा गगन थापामध्ये एकजना पनि मन्त्री हुने सम्भावना छ । नेता खुमबहादुर खड्काको सिफारिसमा शंकर भण्डारी वा मोहनबहादुर बस्नेत मन्त्री हुने सम्भावना छ ।

जनजातिबाट सूर्यमान गुरुङ वा भीष्मराज आङदम्बेमध्ये एकजना मन्त्री हुने सम्भावना छ । केसीले शिक्षा वा सहरी विकास, खाँडले रक्षा, महतले परराष्ट्र र गिरीले पर्यटन मन्त्रालय पाउने सम्भावना छ । अन्य मन्त्रालय पाउनेको टुंगो लागेको छैन । राज्यमन्त्री हुनेमा ध्यानगोविन्द रन्जित, दीर्घराज भाट, सुजाता परियार, किरण यादव अब्दुल रज्जाकलगायतको नाम चर्चामा छ ।

वर्तमान सरकारको भागबन्डाअनुसार कांग्रेसको भागमा रक्षा, परराष्ट्र, सहरी विकास, सिँचाइ, श्रम, पर्यटन, शिक्षा वा स्वास्थ्यमध्ये एक, सामान्य प्रशासन, युवा तथा खेलकुद, वन मन्त्रालय परेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.