नेविसंघको पहिलो बैठकमै स्ववियु निर्वाचनबारे छलफल हुने
काठमाडौंः नेपाल विद्यार्थी संघको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक बिहीबार बस्ने भएको छ।
बैठक बस्नु अघि बिहीबार नै नेविसंघका नवनिर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई निर्वाचन समितिले प्रमाणपत्र वितरण गर्ने कार्यक्रम रहेको केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए। उनका अनुसार प्रमाणपत्र बुझेलगत्तै संघको पहिलो केन्द्रीय समिति बैठक बस्नेछ।
पहिलो बैठकमा स्ववियु निर्वाचन, विद्यार्थीलाई सहुलियत लगायतका विषयमा छलफल केन्द्रीय सदस्य भट्टले जानकारी दिए। सोही दिन नेविसंघको निवर्तमान केन्द्रीय समितिले कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको उपस्थितिमा नवनिर्वाचित समितिलाई सम्मान गर्ने कार्यक्रम तय भएको छ।
नेविसंघको ११ औं महाधिवेशनले नैनसिंह महरको अध्यक्षतामा नयाँ केन्द्रीय समिति चयन गरेको थियो।
प्रतिक्रिया दिनुहोस !