‘बेथिति अन्त्य गर्ने संकल्पसहित प्रधानमन्त्री भएको हुँ’
काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको पद आफूले केही चुनौतिको सामना गर्ने संकल्पसहित सम्हालेको बताएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान ललितपुरका सामाजिक अगुवाहरुसँग बालुवाटारमा भएको भेटमा मुलुकसामू आइपर्ने चुनौतिको सामना गर्दै आफू सवैसँग सहकार्य गर्दै अगाडि बढ्ने बताएका हुन्।
प्रचण्डले दोस्रोपटक प्रधानमन्त्री पदमा बहाली हुनु आफ्ना लागि चुनौतिपूर्ण अवसर भएको समेत बताएका थिए।
उनले भने,‘संविधान संशोधन र कार्यान्वयन, भूकम्पको पुनर्निर्माण र बेथितिको अन्त्य गरेर देशमा सिष्टम स्थापित गर्न सबैको सहयोग चाहिन्छ।’
प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकालमा उत्पीडितहरुले पहिचान र अधिकारको प्रत्याभूति गर्ने विश्वास व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस !