संसदीय व्यवस्थाविरुद्ध हतियार उठ्ने चेतावनी

संसदीय व्यवस्थाविरुद्ध हतियार उठ्ने चेतावनी

 काठमाडौंः नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव' ले संसद्वाद र संसद्वादीहरूले धोका दिएको भन्दै यस व्यवस्थाविरुद्ध हतियार उठ्ने चेतावनी दिएका छन् ।

कम्युनिस्ट न्युक्लियस, क्रान्तिकारी माओवादी, माओवादी केन्द्रलगायत पार्टी, समूह र व्यक्तिहरू नेकपा माओवादीसँग एकीकृत भएको कार्यक्रममा चन्दले भने, ‘माओको भनाइ सापटी लिएर भन्छु- हामीलाई युद्धको अन्त्यका लागि युद्ध र बन्दुकको अन्त्यका लागि बन्दुक बोक्न बाध्य पारिँदैछ ।'

जमलस्थित राष्ट्रिय नाचघरमा खचाखच नेता र कार्यकर्ताका बीचमा चन्दलेण् २१ औं शताब्दी साम्राज्यवादको अन्त्य र साम्यवाद स्थापनाको अवधि हुने लक्षणहरू देखिइरहेको दाबी गरे । उनले पुष्पकमल दाहाल ‘प्रचण्ड' र बाबुराम भट्टराईलाई ‘क्रान्तिका दलाल, गद्दार, आत्मसमर्पणवादी र धोकेबाज'को संज्ञासमेत दिए ।

आफूहरूले जनयुद्धबाट मुलुकको शान्ति, समृद्धि र एकता चाहेको तर संसद्वाद र संसद्वादीहरूले धोका दिएको भन्दै चन्दले बारम्बार यो व्यवस्था र संविधानविरुद्ध आक्रोश व्यक्त गरे । उनले भने, ‘संसदीय व्यवस्थाले शान्ति, अधिकार र मुक्ति दिन सक्तैन । युद्धको त्रास देखाएर नेपाल र नेपालीलाई दमन गरिराखिन्छ भने त्यो अन्यायी युद्धका विरुद्ध न्यायपूर्ण युद्ध आरम्भ गर्नु हाम्रो अधिकार हो ।'

यतिबेला कोही जनता र कुनै पनि निकाय व्यवस्था र सरकारसँग सन्तुष्ट नभएका उनले दाबी गरे । कांग्रेस-एमालेलाई पुरातनवादी शक्ति र माओवादी केन्द्रलाई डोरीबाट छुटेको चंगाको संज्ञा दिँदै उनले संसदीय व्यवस्थाको विकल्प वैज्ञानिक समाजवादी व्यवस्था भएकाले आफूहरूले त्यो ल्याएरै छाड्ने दाबी गरे ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.