राष्ट्रपति भण्डारीसँग उपप्रधानमन्त्री निधिको भेट

काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीसँग उप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विशेष दूतका रुपमा भारत भ्रमणबाट फर्केपछि उपप्रधानमन्त्री निधिले बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन् ।
भेटमा उपप्रधानमन्त्री निधिले भारत भ्रमणका बेला भएका उच्च भेटघाट र भारतीय उच्च अधिकारीहले नेपालप्रति देखाएको सदासयताका बारेमा जानकारी गराएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
भारत भ्रमणमा उपप्रधानमन्त्री निधिले राष्ट्रपति भण्डारीका तर्फबाट भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई नेपाल भ्रमणको निमन्त्रणा दिनुका साथै राष्ट्रपति भण्डारीको भारत भ्रमणका बारेमा समेत कुराकानी गरेका छन् । रासस
प्रतिक्रिया दिनुहोस !
