शपथपछि गगन थापा टीका र आर्शिवाद थाप्न सिटौला निवासमै पुगे

काठमाडौंः पहिलो पटक मन्त्री भएका कांग्रेसका युवा नेता गगन थापा शपथ लिएपछि सिधै आर्शिबाद थाप्न नेता कृष्णप्रसाद सिटौलाको निवासमै पुगेका छन्।
शुक्रवार बिहान स्वास्थ्य मन्त्रीमा नियुक्त भएका थापा शीतलनिवासमा शपथ लिएलगत्तै टीका र आर्शिवाद थाप्न सिटौलाको निवास धुम्बाराही पुगेका हुन्।
थापा कांग्रेसको १२ औं महाधिवेशनमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको प्यानलबाट महामन्त्री पदमा चुनाव लडेका थिए। थापा सिटौलाकै सिफारिसमा स्वास्थ्यमन्त्रीमा नियुक्त भएका हुन्।
शपथ लिएपछि स्वास्थ्यमन्त्री थापा आर्शिवाद लिन सिटौलाको धुम्बाराहीस्थित निवासमा पुगेर टीका र आर्शिवाद लिँदै गरेको तस्बिर सार्वजनिक भएको छ।
प्रतिक्रिया दिनुहोस !
