‘प्रचण्ड क्याविनेट’की एक्ली महिला मन्त्री

‘प्रचण्ड क्याविनेट’की एक्ली महिला मन्त्री

काठमाडौंः  नेपाली कांग्रेसकी कोषाध्यक्ष समेत रहेकी शान्ति तथा पुनःनिर्माण मन्त्री सीतादेवी यादव पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारकी एक्लो महिला मन्त्री बनेकी छिन्। 

कांग्रेस, मधेसवादी दल, राप्रपा लगायत दलहरुको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वमा बनेको सरकारमा कांग्रेसले दुईजना महिलालाई स्थान दिनु बाहेक अन्य कुनै दलले महिला प्रतिनिधि पठाएनन्।

सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रले महिलालाई राज्यमन्त्री बनाएपछि फुल मन्त्री भने दिएन। संसदको सबैभन्दा ठूलो दल कांग्रेसले पनि १५ मन्त्रालय आफूले पाउँदा एक जना महिलालाई मात्रै सरकारमा पठाएको छ। राज्यका हरेक क्षेत्रमा महिला सहभागिता ३३ प्रतिशत बनाउनु पर्ने माग महिलाहरुको भएपनि कुनै पनि दलले त्यसलाई अबलम्बन गरेका छैनन्। वर्तमान सरकारमा महिला सहभागीता हेर्ने हो भने निकै न्यून छ।

३१ सदस्यीय मन्त्रिमण्डल बन्दा महिलाको सहभागीता तीनजनामै सीमित भएको छ, त्यो पनि एकजना मन्त्री र दुईजना राज्यमन्त्रीमा। माओवादीले राधिका तामाङलाई कृषि विकास राज्यमन्त्री र धनमाया बिकलाई विनाविभागीय राज्यमन्त्री बनाएको छ।

कांग्रेसबाट शान्ति तथा पुनःनिर्माण मन्त्री बनेकी सीतादेवी वर्तमान सरकारमा ‘फूल’ मन्त्री बन्ने सौभाग्य प्राप्त गरिन्। गत फागुनमा भएको कांग्रेसको १२ औं महाधिवेशनबाट कोषाध्यक्षमा निर्वाचित सीतादेवी पाँच महिनापछि नै मन्त्री बन्न सफल भइन्। सीतादेवी पहिलो पटक मन्त्री बनेकी नयाँ अनुहार समेत हुन्।

को हुन् शान्ति मन्त्री सीतादेवी यादव?

सिरहा निवासी शान्ति मन्त्री यादव कांग्रेसकी कोषाध्यक्ष हुन्। कांग्रेसको पहिलो महिला जिल्ला सभापति हुँदै केन्द्रीय कोषाध्यक्षमा निर्वाचित यादव २०५८ सालमा पार्टी विभाजन हुँदा संस्थापन पक्षबाट जिल्ला सभापति हुने यादव पहिलो नेतृ हुन्।

१२ औं महाधिवेशनमा महिला जिल्ला सभापति उनी मात्रै हुन्। उनी सिरहा क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद पनि हुन्। २०५८ सालदेखि तीन कार्यकाल जिल्ला पार्टी सभापति बनेकी उनका श्रीमान् चन्द्रनारायण यादवलाई माओवादीले हत्या गरेको थियो।

श्रीमान् चन्द्रनारायणको हत्यापछि उनी जिल्ला सभापतिकी उम्मेदवार बनेर विजयी भएकी थिइन्। संयोग मान्नुपर्छ, माओवादी द्वन्द्वमा मारिएका तथा बेपत्ता पारिएकाहरूको सत्यनिरुपण तथा मेलमिलापमाथि छानबिन चलिरहेका बेला माओवादीपीडित यादव शान्ति तथा पुनःनिर्माण मन्त्रीको जिम्मेवारी पाएकी छिन्।

सीतादेवीको माइती भारतको बिहार हो। उनको माइती बिहार राज्यको मधुवनी जिल्लामा रहेको छ। बिहार माइती भएकी उनले आफ्ना दुई छोरीको बिहे भारतमै गरिदिएकी छन्। उनका एकजना छोरा पनि भारतको बिहारमै बस्ने गरेका छन्।

भारत मोतिहारीमा जन्मिएकी ६१ वर्षीय यादवको कांग्रेसको सक्रिय राजनीतिमा भने २०५७ सालपछि मात्रै आएकी हुन्। २०५७ साल असार ५ गते श्रीमान् चन्द्रनारायणको तत्कालीन माओवादीले हत्या गरेको थियो। श्रीमानको हत्यापछि यादव कांग्रेसको राजनीतिमा लागेकी हुन्।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.