स्वास्थ्य मन्त्री गगन थापा स्वास्थ्य परीक्षण गराउन जनता क्लिनिकमा

स्वास्थ्य मन्त्री गगन थापा स्वास्थ्य परीक्षण गराउन जनता क्लिनिकमा

काठमाडौँः स्वास्थ्यमन्त्री गगन थापाले शनिबार ‘जनता क्लिनिक’ मा जनतासँगै आफ्नो स्वास्थ्य परीक्षण गराएका छन् ।

आफ्नो संसदीय निर्वाचन क्षेत्रमा स्थापना गरेको कार्यालयले शनिबार आयोजना गरेको क्लिनिकमा उनले स्वास्थ्य परीक्षण गराएका हुन् । मन्त्री थापा काठमाडौँं क्षेत्र नम्बर– ४ वाट संसद निवार्चित भएका हुन् ।

मन्त्री थापाकै अवधारणामा तीन महिनाअघि क्लिनिक सुरु भएको थियो । कार्यालयका प्रमुख रोहित पौडेलले भने, ‘हरेक महिनाको पहिलो शनिबार क्लिनिक सञ्चालन हुने गरेको छ । तर यसपल्ट प्राविधिक कारणले पछि सरेको हो ।’

बूढानिलकण्ठस्थित श्री जयभद्रकाली प्राथमिक विद्यालयमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन भएको क्लिनिकमा ७६ जना वयस्क र ८७ जना बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको थियो । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.