संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल

संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल

काठमाडौँः आइतबारको व्यवस्थापिका संसदमा प्रमुख प्रतिपक्षी दल एमाले सांसद एवम् संसदको विकास समितिका सभापति रवीन्द्र अधिकारीले जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गरेका छन् ।

अधिकारीले बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न सडक सुरक्षा कार्यजोजना लागू गर्नुपर्ने भन्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव संसदमा पेश गरेका हुन् ।

प्रस्ताव पेश गर्दै अधिकारीले सडक दुर्घटनाको प्रमुख कारण क्षमताभन्दा बढी यात्रु बोक्नु, कच्ची सडक र सिन्डिकेट भएको बताए ।  अधिकारीले पछिल्ला दिनमा सडक दुर्घटनाका गम्भीर दृश्य देखिएकाले यो महत्वपूर्ण विषयमा संसदमा छलफल गर्नुपर्ने अवस्था आएको बताए ।

अधिकारीले सार्वजनिक यातायातलाई भरपर्दो बनाउनुपर्नेमा समेत जोड दिए खराब सडकका कारण भएका दुर्घटनामा चालकलाई दोष दिएर मात्र नहुने समेत अधिकारीको भनाइ छ ।

अधिकारीले संसदमा पेश गरेको प्रस्तावको एमालेकै सांसद गणेश पहाडी र संघीय समाजवादी फोरम नेपालका शिवजी यादवले समर्थन गरेपछि छलफल सुरु भएको छ ।




प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.