भवन आचारसंहिता लागू गराएरै छोड्छु: मन्त्री केसी
काठमाडौंः सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले भवन आचारसंहिता पूर्णरुपमा लागू गर्ने बताएका छन्।
आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री केसीले भवन आचार संहिता जुनसुकै हालतमा लागू गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। उनले भने,‘पहिले बनिसकेको भवन आचारसंहिता किन लागू भएन भनेर म बुझ्छु, यसमा केही कमजोरी भए तीनभित्र सच्याएर भएपनि यसको कार्यान्वयन गर्ने काम अघि बढाउँछु।’
मन्त्री केसीले व्यवस्थित बसोबासको लागि सरकारले जारी गरेको आचारसंहिता पालना नगर्नेलाई आफूले अप्रिय निर्णय लिने समेत चेतावनी दिए। उनले भने,‘सुधार गर्नुपर्ने भए तीन दिनभित्र पेश गर्न निर्देशन दिन्छु, होइन भने संहिता कडाइका साथ लागू गर्छु, आचारसंहिता मान्नुभएन भने मैले अप्रिय निर्णय गर्नुपर्ने हुन्छ।’
ठूला भवन निर्माण गर्दैमा सहरको विकास नहुने भन्दै यसलाई आचारसंहिता अनुसार अघि बढाईनेगरि आफूले काम गर्ने मन्त्री केसीको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !