वनरक्षक र तस्करबीच दोहोरो गोली हानाहान

वनरक्षक र तस्करबीच दोहोरो गोली हानाहान

पर्सा: सशस्त्र वनरक्षक र तस्करबीच पर्सामा दोहोरो गोली हानाहान भएको छ। पर्साको मधुवनमथवल वन क्षेत्रमा गएराति वन फँडानी गर्ने तस्करलाई रोक्न खोज्दा दोहोरो गोली हानाहान भएको हो।

नियमति गस्तीमा रहेको इलाका वन कार्यालय बढनियारको वन रक्षकमाथि राति १ बजेको समयमा तस्करले गोली चलाएको पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले जानकारी दिए।

उनले बढनिहार रेन्जपोस्टका जमदार प्रदीप तिमिल्सिनाको नेतृत्वमा गएको वनरक्षकको टोलीले रूख फँडानी गरिरहेकालाई रोक्न खोज्दा तस्करवाट रक्षकलाई नै लक्षित गरी चार राउन्ड गोली प्रहार गरिएको र सोको प्रतिकारमा रक्षकबाट तीन राउन्ड गोली प्रहार भएको बताए। 

प्रजिअ घिमिरेका अनुसार, तस्कर र वनरक्षकबीच भएको दोहोरो गोली हानाहानमा कुनै मानवीय क्षति नभएको र बनरक्षकले घटनास्थलबाट फँडानी गरिएका चार थान सालको काँचो गोलाइ, वन फँडानीमा प्रयोग गरिएका दुई थान आरा एवम् चार थान साइकल बरामद गरेका छन्। घटनामा संलग्न रहेकाको खोजी कार्य भइरहेको पनि उनले बताए।

बरामद गरिएको आरा, साइकल र काठलाई आवश्यक कानुनी कारबाहीका लागि इलाका वन कार्यालय बढनिहारमा राखिएको प्रहरीले जनाएको छ। रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.