यमनमा आत्मघाती बम विस्फोट, ६० को मृत्यु
![यमनमा आत्मघाती बम विस्फोट, ६० को मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/sana-yaman_bom_blast-57c3f6a2c96669.40595490_E8aN9ou0wz.jpg)
अदनः दक्षिणी यमनको अदन शहरमा सेनाको एक ब्यारेकमा गराइएको आत्मघाती बम विस्फोटमा परी कम्तिमा ६० जनाको मृत्यु भएको छ।
अधिकारीहरुका अनुसार आक्रमणकारीहरुले सरकार समर्थक सैनिक बसेको एक ब्यारेकको मुख्यालय नजिकै विस्फोटक पदार्थले भरिएको कार घुसाइदिएका थिए। पपुलर रेजिस्टेन्स नामक समूहले पछिल्ला वर्षमा अदन शहरबाट हूती बिद्रोहीहरुलार्इ लखेट्न मदत गर्दै अाएको छ। बम विस्फोटको जिम्मा भने इस्लामिक स्टेटले लिएको छ।
सन् २०१५ को जनवरीमा शिया हुती विद्रोहीहरुको समूहले राजधानी सनामा कब्जा गरेपछि त्यहाँ गृह युद्ध सुरु भएको थियो। साउदी अरबको नेतृत्वमा रहेको गठबन्धन सेना यमनको सरकारको समर्थनमा विद्रोहीलाई त्यहाँबाट बम हमला गरिरहेको छ।
संयुक्त राष्ट्र संघको अगुवाईमा शान्ति वार्ताका लागि धेरै प्रयासहरु भएपनि सफल हुन सकेको छैन। शान्ति वार्ताका लागि प्रयास भइरहेका समयमा हजारौं मानिसहरुले विस्फोटमा परी ज्यान गुमाइसकेका छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)