पूर्व सांसद कार्कीको निधनप्रति शोक प्रस्ताव पारित
काठमाडौ: व्यवस्थापिका–संसद्ले पूर्व सांसद बालाराज कार्कीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ।
बैठकले पूर्व कार्कीको निधनप्रति एक मिनेट मौनधारण गर्नुका साथै उहाँको दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ।
पूर्व सांसद कार्कीको यही भदौ १० गते उपचारका क्रममा ८३ वर्षको उमेरमा राजधानीमा निधन भएको थियो । विसं २०१७ देखि नेपाली काँग्रेसमा प्रवेश गर्नुभएका उहाँ २०४८ सालको प्रतिनिधिसभा निर्वाचनमा ओखलढुङ्गा क्षेत्र नं १ बाट निर्वाचित भएका थिए।
पूर्व सांसद कार्की २०३१ सालबाट भारत प्रवास बसी स्व गिरिजाप्रसाद कोइरालासँग २०३७ सालमा आममाफीपश्चात् स्वदेश फर्किएका थिए। रासस
प्रतिक्रिया दिनुहोस !