पूर्व सांसद कार्कीको निधनप्रति शोक प्रस्ताव पारित

पूर्व सांसद कार्कीको निधनप्रति शोक प्रस्ताव पारित

काठमाडौ: व्यवस्थापिका–संसद्ले पूर्व सांसद बालाराज कार्कीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ।

बैठकले पूर्व कार्कीको निधनप्रति एक मिनेट मौनधारण गर्नुका साथै उहाँको दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ।

पूर्व सांसद कार्कीको यही भदौ १० गते उपचारका क्रममा ८३ वर्षको उमेरमा राजधानीमा निधन भएको थियो । विसं २०१७ देखि नेपाली काँग्रेसमा प्रवेश गर्नुभएका उहाँ २०४८ सालको प्रतिनिधिसभा निर्वाचनमा ओखलढुङ्गा क्षेत्र नं १ बाट निर्वाचित भएका थिए। 

पूर्व सांसद कार्की २०३१ सालबाट भारत प्रवास बसी स्व गिरिजाप्रसाद कोइरालासँग २०३७ सालमा आममाफीपश्चात् स्वदेश फर्किएका थिए। रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.