जापानमा कार्यस्थलमै गोली चल्दा एकको मृत्यु, तीन घाइते

जापानमा कार्यस्थलमै गोली चल्दा एकको मृत्यु, तीन घाइते

टोकियो: पश्चिमी जापानको याकायामा भन्ने स्थानमा रहेको एक निर्माण सामग्री उत्पादन गर्ने कम्पनीमा सोमबार बिहान गोली चल्दा एकजनाको घटनास्थलमै मृत्यु भएको छ। सोमबार बिहान भएको गोलीकाण्डमा परी अन्य तीनजना घाइते भएको प्रहरीले पुष्टि गरेको छ।

सो कम्पनीमा सोमबार बिहान पुगेको करिब ५० वर्षको जस्तो देखिने व्यक्तिले पहिला उक्त कम्पनीका कर्मचारीसँग कुराकानी गरेपछि झोलाबाट बन्दुक झिकेर अकस्मात प्रहार गर्न थालेको प्रत्यक्षदर्शीले जनाएका छन्।

सो व्यक्तिले उक्त कम्पनीका चार जनालाई तारो बनाएको र सो कम्पनीमा पसेपछि उनीहरुसँग कुरा गरेजस्तो गरेर गोली हानेको थियो। गोली हानेपछि आक्रमणकारी त्यहाँबाट भागेको थियो। प्रहरीले उसलाई पक्राउ गर्न सकेको छैन।

सोमबार अपरान्हसम्म उसको खोजी जारी रहेको पनि प्रहरीले जनाएको छ। प्रहरीले स्थानीय नागरिकलाई पनि सचेत भएर रहन सूचना जारी गरेको छ। उसले गाउमा पसेर पनि आक्रमण गर्न सक्ने भएकोले सतर्क रहन भनेको छ। रासस/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.