‘चुनाव नभए संवैधानिक सङ्कट’

‘चुनाव नभए संवैधानिक सङ्कट’

काठमाडौँः नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले संविधानको कार्यान्वयनका लागि ओली सरकारले तयार गरेको कार्यतालिकाभित्र अहिलेको सरकारले स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताएका छन् ।

पार्टीको स्कुल विभागले युवा संघ पदाधिकारी तथा केन्द्रीय सदस्यलाई एकसातादेखि सञ्चालन गरेको प्रशिक्षणको समापनमा बोल्दै महासचिव पोखरेलले करिब डेढ वर्षभित्र तीनवटा चुनाव गर्न नसकेमा संविधान कार्यान्वयन हुन नसक्ने बताए ।


चुनाव हुन नसके देशमा संवैधानिक सङ्कट निम्तिने उनको भनाई थियो । उनले ओली सरकारले मुलुकको राष्ट्रियतालाई उँचो पार्ने कार्य गरेकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्ति केन्द्रले राष्ट्रको स्वाधीनतालाई कमजोर बनाउन सरकार ढालेको जीकिर गरे ।

युवा सङ्घका अध्यक्ष राजीव पहारी, उपाध्यक्ष दिलु पन्त, प्रवक्ता प्रभातविक्रम कटुवाललगायतले यस किसिमको प्रशिक्षणले युवालाई परिपक्व तथा परिस्कृत बनाउने विचार व्यक्त गरेका थिए । समाज निर्माणमा माक्र्सवादी शिक्षालाई समयसापेक्ष ढङ्गले उपयोग गर्नुपर्ने विचार उनीहरुको भनाई थियो ।

तुल्सीलाल स्मृति प्रतिष्ठानमा यही भदौ ७ गतेदेखि सञ्चालन भएको उक्त प्रशिक्षणमा सैद्धान्तिक, दार्शनिक आधार, बहुदलीय जनवाद, माक्र्सवाद, सीप, कला, संस्कृतिलगायत विषयमा प्रशिक्षण दिइएको थियो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.