स्वास्थ्यमा विशेष सुधार गर्न गगन सय दिने विशेष कार्ययोजनाको तयारीमा
काठमाडौंः स्वास्थ्यमन्त्री गगन थापाले सय दिने कार्ययोजना पेस गर्न मातहतका महाशाखाका प्रमुखलाई निर्देशन दिएका छन्।
मंगलबार स्वास्थ्य सेवा विभाग टेकुमा विभिन्न महाशाखाका प्रमुखहरुसँगको छलफलपछि मन्त्री थापाले मन्त्रालय मातहतका महाशाखाका प्रमुखलाई एक हप्ताभित्र कार्यतालिकासहितको सयदिने कार्ययोजना पेस गर्न निर्देशन दिएका हुन्।
मन्त्री थापाले छोटो समयमा स्वास्थ्य क्षेत्रमा उपलब्धिमूलक काम गर्नुपर्ने भएकाले कार्ययोजना पेस गर्न निर्देशन दिए। मन्त्री थापाले सोमबारदेखि मन्त्रालयका विभिन्न महाशाखाका प्रमुखसँग काम कारबाहीबारे ‘ब्रिफिङ’ सुन्ने काम सुरु गरेका हुन्।
स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधारका लागि मन्त्री थापाले स्वास्थ्य क्षेत्रका विज्ञ डा केदारभक्त माथेमा र पूर्व मुख्यसचिव लीलामणि पौडेलसँग भेटेर छलफल गरेको उनको निजी सचिवालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !