बैठकमा सुतेको आरोपमा उत्तर कोरियाका शिक्षामन्त्री मारिए
![बैठकमा सुतेको आरोपमा उत्तर कोरियाका शिक्षामन्त्री मारिए](https://annapurnapost.prixacdn.net/media/albums/Korean-education-minister-57c687af524ee6.23098549_9gdDu5Ue5e.jpg)
एजेन्सीः उत्तर कोरियाका शिक्षा मन्त्री मारिएका छन् । दक्षिण कोरियाली सरकारका अनुसमार शिक्षामन्त्री किम याङ्ग जिनको मृत्यु भएको घोषणा गरेको छ ।
उनलाई ‘एन्टी एयरक्राप्ट गन' ले हानेर मानिरएको समाचार अखबारहरुमा छापिएका छन् ।
उत्तर कोरियाली नेता किम जोन उनले बोलाएको बैठकमा मन्त्री जिन सुतेको पाइएको थियो । त्यसपछि उनलाई भष्टाचार गरेको आरोप लगाएर जाँचबुच गरिएको थियो ।
यसै महिना उत्तर कोरिायका उप रावदूत थाहे योंगले लण्डनमा रहेको दक्षिण कोरियाको दूतावासमा शरण लिएका थिए । उनलाई उत्तर कोरियाले बच्चालाई बलात्कार गरेको तथा गोप्य सूचना सार्वजनिक गरेको आरोप लगाएको थियो ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)