बालुवाटारमा प्रमुख तीन दलको बैठक
काठमाडौँः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख तीन दलको बैठक सुरु भएको छ ।
बैठकमा प्रधानमन्त्रीले स्थानीय तह निर्धारण आयोगलाई स्थानीय तहको क्षेत्र निर्धारण गर्न १५ दिनका लागि दिएको थप समय सकिएकाले यो विषयमा साझा धारणा बनाउन प्रमुख दललाई आग्रह गरेका छन् ।
बैठकमा सत्तारुढ कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिलगायत सहभागी छन् भने एमालेको तर्फबाट कार्यवहक अध्यक्ष बामदेव गौतम, नेता विष्णु पौडेललगायतका नेता सहभागी छन् ।
एमाओवादी केन्द्रको तर्फबाट अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डलगायतका नेता सहभागी छन् । बैठक जारी छ ।
मंगलबारको बैठकमा उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधि र एमाले नेता भीम रावलबीच चर्काचर्की भएपछि बैठक स्थगित भएको थियो ।
प्रतिक्रिया दिनुहोस !